बेलायतले आफ्ना छिमेकीहरूसँग ब्रेक्जिटपछिको सम्बन्ध सुधार गर्न खोजिरहेको बेला जर्मन चान्सलर फ्रेडरिक मर्ज प्रधानमन्त्री किर स्टार्मरसँग ‘मित्रता सन्धि’ मा हस्ताक्षर गर्न बिहीबार लन्डन जानुहुनेछ ।
आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।
पाकिस्तानमा बसोवास गर्ने अफगान आप्रवासीहरूको बढ्दो सङ्ख्याले गिरफ्तारी र निर्वासनको निरन्तर डरका कारण अस्पताल र स्वास्थ्य केन्द्रहरूबाट टाढा बसिरहेको खामा प्रेसले मेडिसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) को हालैको रिपोर्टलाई उद्धृत गर्दै बुधबार बताएको छ ।
पालिकाभित्र गठन भएका टोल विकास संस्थामध्ये गत आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा उत्कृष्ट काम गर्ने टोल विकास संस्थालाई ५० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको हो।
दुई करोड ७० लाख ८६ हजार भन्दा बढी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतले ११ महिना कैद सजाय र सोही रकम बरावरको बिगो र जरिवाना असुलको फैसला गरेसँगै रमेश कुमार कार्कीको जाहेरीले वादी नेपाल सरकार भई प्रतिवादी काठमाडौँ महानगरपालिका ३ घर भई तारकेश्वर नगरपालिका ५ गोल्डढुङगा बस्ने वर्ष ४६ को केदार अर्याललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणमा तीव्र वृद्धि भएको रिपोर्ट गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको प्रसिद्ध बेहडाबाबा मन्दिरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ।
पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ५४ जनाको मृत्यु भएको सरकारको विपद् एजेन्सीले बिहीबार बताएको छ । यो सँगै जुनको अन्त्यमा मनसुनी वर्षाका कारण मृतकको सङ्ख्या करिब एक सय ८० पुगेको छ ।
युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७५ दशमलव ८४ अङ्कले बढेर दुई हजार ८७० दशमलव ६३ विन्दुमा कायम भएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन आज नेप्से परिसूचक दुई दशमलव ७१ प्रतिशतले बढेको हो।
बाँकेको राप्तीसोनारी गाउँपालिका-८, शम्शेरगन्जस्थित मत्स्य विकास केन्द्रले लक्ष्यभन्दा बढी माछाका भुरा उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्ष ०८१–८२ मा लक्ष्यभन्दा बढी माछाका भुरा उत्पादन गरेको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका नतिजामुखी बजेट कार्यान्वयनका लागि मन्त्रीसँग कार्यसम्पादन सम्झौता मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ।
एपिएफ क्लबलले एन्फा यु–१६ युथ लिगमा त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ ।
सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आजदेखि ३८ दिने श्रावणी मेला सुरु भएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले ३८ दिन लामो श्रावणी मेलाको शुभारम्भ गर्नुभएको हो ।
नियमित पानी परेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।