मुना हमाल
सुर्खेत, साउन १ गते। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका नतिजामुखी बजेट कार्यान्वयनका लागि मन्त्रीसँग कार्यसम्पादन सम्झौता मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलले मन्त्रीहरु तथा प्रमुख सचिवले कार्यसम्पादन सम्झौता गर्नुभएको हो।
मन्त्रालयलाई तोकिएको क्षेत्राधिकार भित्र रही कार्यसम्पादन गर्न तथा चालु आर्थिक वर्षको विनियोजित बजेटलाई नतिजामुखी तथा प्रभावकारी बनाउन आर्थिक वर्ष सुरु भएकै दिन मुख्यमन्त्रीले मन्त्री र प्रमुख सचिवबीच कार्यसम्पादन सम्झौता गर्नुभएको हो।
कार्यक्रममा मुख्यमन्त्री कँडेलले आर्थिक योजना मन्त्री राजीवविक्रम शाह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढा, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सुरेशकुमार अधिकारी र प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कार्यसम्झौता गर्नुभयो।
कार्यक्रममा मुख्यमन्त्री कँडेलले माथिल्लो निकायलाई आफ्नो जिम्मेवारी र जवाफदेहितासहित मन्त्रालयका कामकारवाहीलाई थप प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गर्नुपरेको बताउँनुभयो।
मुख्यमन्त्री कँडेलले कार्यसम्पादन सम्झौतामा उल्ल्लेख गरेका विषयलाई मन्त्रालयले वार्षिक क्यालेण्डर बनाएर लागू गर्न मन्त्रीलाई निर्देशन दिनुभएको छ।