युरोपको गाउँ बस्तीको झल्को दिने साना र सुन्दर चिटिक्क परेका घर, पोखरी तथा वरिपरिको चिया बगान, डाँडाकाँडाबाट देखिने हिमाल र मनोरम भूदृश्य तथा शान्त वातावरण । करिब दुई दशकअघिसम्म धनकुटा उत्तरपानीको यो दृश्यले सबैलाई लोभ्याउँथ्यो । धनकुटा नगरपालिका वडा नम्बर १० र पाख्रीबास नगरपालिका वडा नम्बर ९ को सिमानामा पर्ने उत्तरपानी प्राविधिक शिक्षाका लागि मात्र नभएर एक समय धनकुटाकै मुख्य पर्यटकीय गन्तव्य थियो तर आज सुनसान छ ।
कर्णालीमा अझै पनि दर्जनौ तुइन रहेको पाइएको छ । प्रदेश सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजनाअनुरुप विवरण माग गरेको थियो । चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीतिअनुरूप तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ ।
निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको साढे चार महिनापछि अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक विस्तारको लागि नयाँ ठेक्का (बोलपत्र) आह्वान भएको छ । सडक डिभिजन भक्तपुरले १४ महिनाभित्र काम सम्पन्न गर्ने गरी अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्ड विस्तारको लागि बिहीबार नयाँ बोलपत्र आह्वान गरेको हो ।
तनहुँ, साउन १ गते । गोरखाको अजिरकोट गाउँपालिका ३ मा अवस्थित सिरानडाँडाबाट देखिएको बादलको घुम्टोले छोपिएको भच्चेक बजार र आसपासको दृश्य । छिनमै बदलिरहने मौसमले यस स्थानमा पर्यटकहरु आउने गर्दछन् । तस्बिर : रासस
नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० बनाउने विषयमा सहमति भएको छ ।
स्याङ्जाको वालिङ ७ केवरेस्थित वालिङ–चापाकोट जोड्ने पक्की सडक र सडकको आसपास खेतमा रोपिएको धान बाली ।
पोखरा– २५ स्थित मेल्बोटबाट बिहीबार देखिएको सेती नदी र आसपासमा रहेको हरियाली हेम्जाको दृश्य ।
पोखरा-२५ स्थित मेल्बोटबाट बिहीबार देखिएको सेती नदी र आसपासमा रहेको हरियाली हेम्जाको दृश्य ।
आन्तरिक राजस्व कार्यालय पोखराले अघिल्लो वर्षको तुलनामा यसपालि ५१ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा छ अर्ब आठ करोड ४६ लाख रूपैयाँ राजस्व सङ्कलन गरेको छ।
तीज गीतमा गायक महतलाई गायिका सुनिता दुलालले साथ दिनुभएको छ।
खानेपानीको लागि चापाकलमा आश्रित रहेका परिवारहरूलाई चापाकलहरू सुकेपछि सृजना भएको खानेपानीको समस्याको दीर्घकालीन समाधानका लागि वीरगन्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबिच बिहीबार खानेपानी सेवा विस्तारका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मकवानपुरको हेटौंडामा आठौं संस्करणको कोरा साईकल र्याली आयोजना हुने भएको छ । सन् २०१८ देखि निरन्तर साईकल महोत्सव गर्दैआएको हेटौंडा राइडर्स क्लबले आगामी शनिबार साईकल र्याली गर्ने भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
कोशी प्रदेश सरकारले प्रदेशभर पूर्वाधार निर्माणका कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन १४ जिल्लामा भौतिक पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका विषयमा कांग्रेसले ध्यान दिनुपर्ने बताउनुभएको छ।
सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल–२०२५का लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिनुभएको छ।