दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ ।
रुपन्देहीमा आर्थिक वर्ष २०८१/०८२ मा ६ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । समयमै काम गर्न नसक्दा जिल्लामा अख्तियारी पाएको मध्येबाट ६ अर्ब ७१ करोड ७९ लाख ८१ हजार रुपियाँ खर्च नभएर फ्रिज भएको हो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध उत्पादक किसानलाई रु ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ । दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो ।
लोकतान्त्रिक प्रणाली नागरिकको सर्वोपरि हितका निम्ति अग्रसर रहन्छ । विश्वका धेरै मुलुकमा शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, पिउने पानीलगायतका क्षेत्रमा राज्यले नागरिकको पहुँच विस्तार गर्न अनेकौँ सुविधाजनक व्यवस्था गरेको छ । नेपालको संविधानले लोककल्याणकारी राज्यव्यवस्थाको मर्मलाई पूर्णरूपेण आत्मसात् गरेको छ । शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई नागरिकको मौलिक हकमा समावेश गरेको छ । तथापि साधन र स्रोतका कमीका साथै कतिपय संस्थागत संर
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस हो । स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले गर्नुभएको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
वि. सं २०६२/६३ पछि जनताले सुशासन र रूपान्तरणको अपेक्षा गरेका हुन् ।
सप्तरीको महदेवा गाउँपालिकाले विपन्न परिवारका गर्भवती महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२/०८३ को साउन १ गतेदेखि विपन्न परिवारका गर्भवती महिला तथा दुर्घटनामा परेका व्यक्ति लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
मुलुकको आर्थिक विकासका लागि उद्योग क्षेत्र एक महत्वपूर्ण इन्जिन हो ।
कमैया मुक्ति घोषणा भएको २५ वर्ष पुगेको छ ।
मुस्ताङमा एक वर्षको अवधिमा साढे सात लाखभन्दा बढी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । बेनी–जोमसोम–कोरला सडक, पोखरा–जोमसोम हवाई मार्ग तथा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङला पास हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा स्वदेशी र विदेशी पर्यटक गरी सात लाख पाँच हजार ७७९ पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको पर्यटकको तथ्याङ्कले देखाएको छ ।
पाल्पाका दस स्थानीय तहको एक अर्ब २४ करोड ६१ लाख बजेट फिर्ता भएको छ । जिल्लाका दस स्थानीय तहका लागि विनियोजित कुल बजेट ६ अर्ब ८९ करोड १८ लाखमध्ये पाँच अर्ब ६४ करोड ५७ लाख रुपियाँ मात्र खर्च भएको छ ।
चलचित्र ‘चमेलीको पोई’ को तीन वटा पोस्टर बुधबार सार्वजनिक गरिएको छ ।
काठमाडौँस्थित म्युजियम अफ नेपाली आर्ट (मोना) मा कलाकार किरण मानन्धरको कला यात्रामा समर्पित ‘किरण’ को एकल विशेष कला प्रदर्शनी बिहीबारदेखि सुरु भएको छ ।
जनकविकेशरी धर्मराज थापाको १०१ औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइएको छ । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा लोकगीतको सङ्कलन, लेखनका साथै लोकगीत गाएर जनकविकेशरी धर्मराज थापालाई सम्झना गरियो ।