काठमाडौँ, साउन २ गते । चलचित्र ‘चमेलीको पोई’ को तीन वटा पोस्टर बुधबार सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा निर्माण पक्षले चलचित्रको तीन डिजाइनका पोस्टर सार्वजनिक गरेको हो । तीनमध्ये एक पोस्टरमा अभिनेतृ सुरक्षा पन्तले अभिनेता मुकुन भुसालको खुट्टा तान्दै गरेको देखाइएको छ । दोस्रो पोस्टरमा सुरक्षाले बन्दुक बोक्नुभएको छ मुकुनले एक हातमा ठेकी र अर्को हातमा गुलावको फूल लिनुभएको छ । अर्को पोस्टरमा चलचित्रका मुख्य कलाकार सबै अटाएका छन् । सोही पोस्टरमा मुकुनले सुरक्षाको गोडा मिच्दै गरेको देख्न सकिन्छ । पोस्टरले चलचित्र हास्य र सस्पेन्स भएको देखाउँछ ।
एभरेस्ट सूर्य बोहोराको निर्देशनमा बनेको चलचित्रमा नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्यायलगायतको अभिनय रहेको छ । चलचित्रमा पटकथा र संवाद शिवम् अधिकारीको रहेको छ । चलचित्र रामनवमीको अवसर पारेर चैत १३ गते प्रदर्शन गरिने भएको छ ।