बर्दीबासमा स्थापना भएको करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति गरिएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई कामकाजमा नखटाउन मातहतका कार्यालय तथा शाखालाई निर्देशन दिएको छ । गाउँपालिकाले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय तथा शाखा प्रमुखलाई यस्तो परिपत्र गरेको हो ।
विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा ६२ करोड ७६ लाख रुपियाँ आम्दानी गरेको छ । गत वर्षका लागि एक अर्ब १० करोड ८६ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिएको थियो ।
कोशी प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयमा चिकित्सक परिचालनसम्बन्धी निर्णय विवादित बनेको छ । कानुनी प्रक्रिया मिचेर सवारीचालक अनुमतिपत्र वितरण गर्दै आएका यातायात कार्यालयले नयाँ चिकित्सक परिचालन गरेपछि विवाद चुलिएको हो ।
सप्तरीमा साउन पहिलो सातासम्ममा ७५ प्रतिशत रोपाइँ सकिसक्नुपर्नेमा यसपालि ३० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
उच्च अदालत पोखराले आर्थिक वर्ष २०८२/८३ मा ७८ प्रतिशतका दरले मुद्दा फस्र्योट गरेको छ । उच्च अदालतको तथ्याङ्क अनुसार मुद्दा फस्र्योटको दर यस वर्ष वृद्धि भएको पाइएको हो ।
पश्चिम बागलुङको ताराखोला गाउँपालिकामा मगर समुदायको बसोबास बाक्लो छ । यहाँको मगर समुदायले असारको काम सकेर मानव जातिको उन्नतिको कामना गर्दै असारे वा साउनेसङ्क्रान्ति पर्व धुमधामले मनाउने परापूर्वकालदेखिको परम्परा अझै जीवित छ ।
पाल्पामा कुपोषित हुने बालबालिकाको सङ्ख्या हरेक वर्ष बढ्दो छ । स्वास्थ्य कार्यालय पाल्पाले अघिल्लो वर्ष जिल्लाभर २८ जना बालबालिकामा कडा खालको कुपोषण देखिएकोमा आव २०८१/८२ मा बढेर ४१ जनामा कडा खालको कुपोषण पुष्टि भएको जनाएको छ ।
रुकुमपश्चिमको बाँफिकोटमा एक युवाको भिरबाट लडेर मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका १ माथिगाउँ निवासी ३३ वर्षीय अजय मल्लको गएराति भिरबाट लडेर मृत्यु भएको हो ।
दुई दशकभन्दा बढी समय जमिनदारको घरमा कमैयाको जीवन बिताएका बाबुराम चौधरी कमैया मुक्तिको घोषणा हुँदा धेरै खुसी हुनुभएको थियो । घोराही उपमहानगरपालिका–१६ स्थित कमैया शिविरमा बस्दै आउनुभएका बाबुराम कमैयाबाट मुक्त भएको २५ वर्ष बितिसक्यो तर अहिलेसम्म पनि उहाँ लालपुर्जाको पर्खाइमा हुनुहुन्छ ।
२०८१ असोज २२ गते घोराही उपमहानगरपालिका–१८, मसिनाबाट प्रहरीले अफिम र चरेससहित तीन जनालाई पक्राउ ग¥यो । गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले मसिनास्थित बिनी पुनको डेरामा खानतलासी गर्दा ३८ किलो ९७२ ग्राम चरेस र ११ किलो १८० ग्राम अफिम बरामद गरेको थियो ।
बर्दियाको गुलरिया नगरपालिका–१२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र भैसाही गाउँलाई बाढीबाट जोगाउन नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बाढी पूर्वसूचना प्रणाली जडान गरिएको छ ।
बर्दियाको गेरुवा गाउँपालिकाको मुख्य सडक राजापुरको मङ्गलपुरदेखि गेरुवा–इन्टेक जोड्ने सडकमा खाल्टाखुल्टी हुँदा आवतजावत गर्न समस्या परेको छ । २०८० असोजसम्म सडक कालोपत्रे गर्ने गरी ठेक्का भए पनि निर्माण कम्पनीले काम नगर्दा स्थानीयले सास्ती पाएका छन् ।