अमेरिकी रिपब्लिकनहरूले शुक्रबार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता र सार्वजनिक प्रसारणका लागि नौ अर्ब डलर कोष रद्द गर्ने योजनालाई अनुमोदन गरेका छन् । यो सङ्घीय बजेट कटौती गर्न कंग्रेसले गरेको व्यापक प्रयासको सुरुआत मात्र हो ।
वनस्पति अनुसन्धान केन्द्र कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यानमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । प्राकृतिक हराभरा, तालतलैया, विभिन्न प्रजातिका जडीबुटीको उत्पादनलगायत मनोरमणीय दृष्ट्रिकोणले उक्त उद्यान निकै प्रख्यात मानिन्छ ।
भर्खरै अक्षर चिन्न थालेका बालबालिकालाई वर्णमालाको सिकाइसँगै खानेकुराको परिचय गराउने उद्देश्यले साङ्ग्रिला बुक्सले नयाँ पुस्तक “पोषण वर्णमालाः थरी–थरी रङ, थरी–थरी स्वाद” प्रकाशन गरेको छ ।
गोरखाको सिरानचोक गाउँपालिका – ६ नयाँसाँघु बजार र गोरखा नगरपालिका – ३ नारेश्वरको दरौँदी खोलामाथि बेलिब्रिज निर्माण सम्पन्न भएको छ ।
पश्चिम नेपालको बर्दिया जिल्लामा असार महिना सकिँदासम्ममा ९२ दशमलव ८७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । बर्दियामा धान खेती हुने ५० हजार दुई सय हेक्टर जमिन मध्य असार मसान्तसम्ममा ४६ हजार ५७८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको हो ।
कैलालीको भजनी नगरपालिका–४ झलझलियाका स्थानीयले घरबाट पैसा सङ्कलन गरेर नदीमा जैविक तटबन्ध बनाएका छन् । नदी कटान नियन्त्रणका लागि गरेको याचना कुनै पनि तहको सरकारले नसुनेपछि उनीहरुले प्रत्येक घरबाट रकम सङ्कलन गरेर कान्द्रा नदीमा जैविक तटबन्ध बनाएका हुन् ।
हिमाली जिल्ला मुगुमा हरेक वर्ष झैँ यस वर्ष पनि परम्परागत चाडपर्वका रुपमा मनाउदै आएको साउने सङ्क्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुसरण गरी मनाइएको छ ।
कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा तटबन्ध निर्माण भएको छ ।
बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लामा यो वर्ष चार वटा पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।
नेपालमा धामी, झाक्री, तन्त्रमन्त्रलाई, जादु टुनामुनालाई कानुनले चिन्दैन । कानुनको दायरा भित्र रहेर यस्ता गतिविधि गर्न कसैलाई छुट पनि छैन । तर नवलपुरमा भने बिरामीहरुलाई उपचार गर्नका लागि भन्दै खुलमखुल्ला १० दिने तान्त्रिक झाक्री शिविर सञ्चालन हुने भएको छ ।
भरतपुर महानगरपालिकाको मुख्य क्षेत्रमा निर्माणाधीन भूमिगत विद्युतीकरणको काम बर्सातको समयमा रोकिएको छ । भूमिगत काम गर्न बर्सातमा समस्या भएको र सडक डिभिजन कार्यालयले सडक तथा पेटी खन्न नदिएपछि काम रोक्नु परेको हो ।
भेरी अस्पताल नेपालगन्जमा एक हजारभन्दा बढी बिरामीको घुँडाको जटिल प्रकारका शल्यक्रिया गरिएको छ । यसअघि राजधानी काठमाडौँबाट प्रविधि र दक्ष जनशक्ति निम्त्याएर गरिने उक्त शल्यक्रिया गत केही समयदेखि भेरी अस्पतालकै चिकित्सकहरुले सफलतापूर्वक गरिरहनु भएको भेरी अस्पतालले जनाएको छ ।
गत पुस १७ गतेदेखि काम सुरु गरिएको पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत कमला–पथलैया खण्डको छ महिनामा १० प्रतिशत काम भएको छ ।
डिभिजन वन कार्यालय धनुषाले करिब ३० हेक्टर अतिक्रमित वनक्षेत्र खाली गराएको छ । जिल्लाको विभिन्न ठाउँमा अवैध रूपमा बनाइएका घरटहरा, खेतीपाती तथा बाली हटाएर वनको स्वामित्वमा रहेको जमिन फिर्ता लिइएको हो ।
बर्दीबासमा स्थापना भएको करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति गरिएको छ ।