प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबिचको मित्रतालाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
पाकिस्तानले हरेक वर्ष हजारौँ पर्यटकलाई आकर्षित गर्ने उत्तरी भागका रमणीय तालहरूको वरिपरि नयाँ होटल निर्माणमा पाँच वर्षका लागि प्रतिबन्ध लगाउने भएको एक सरकारी निकायले जनाएको छ ।
संयुक्त राज्य अमेरिकाले बिहीबार काश्मीरमा अप्रिलमा भएको आक्रमणका लागि दोषी ठहराइएको एक रहस्यमय समूहलाई आतङ्कवादी घोषणा गरेको छ ।
जापानमा चामलको मूल्य जुनमा गत वर्षको तुलनामा ९९ दशमलव दुई प्रतिशतले बढेको सरकारी तथ्याङ्कले देखाएको छ । यसले यो सप्ताहन्त हुने निर्वाचनअघि प्रधानमन्त्री शिगेरु इशिबामाथि थप दबाब सिर्जना गरेको छ ।
गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङ निर्माण कार्य सुरु भएको छ । साहसिक पर्यटनको सम्भाव्यता खोज्ने क्रममा यस क्षेत्रमा जिपलाइन र स्काई साइक्लिङ निर्माण गर्न लागिएको हो ।
गोरखाको सिरानचोक गाउँपालिका हुँदै लमजुङको साहिलीटार पुग्ने पन्थडिही-कटहरे-हर्मी-साहिलीटार सडक कालोपत्रे भएको छ ।
सरकारको कानुनी सल्लाहकारका रुपमा महान्यायाधिवक्ता रमेश बडालको नियुक्ति भएको आज एक वर्ष पूरा भएको छ । उहाँको २०८२ साउन २ गते नियुक्ति भएको थियो ।
स्याङजाको चापाकोट नगरपालिकामा रहेको प्रदेशकै पुरानो मध्येको चापाकोट टार सिँचाइ नहरको पुन:निर्माण गरिएको छ ।
नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको हालै बसेको बैठकले आगामी आवका लागि रु एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषिराम भण्डारीले जानकारी दिनुभएको हो ।
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतु बजार नजिकै जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र जैविक विविधता अनुगमनका लागि ट्रेल क्यामेरा र जीपीएस उपकरणहरू जडान सुरु गरिएकाे छ ।
किसानले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज होस् भन्ने उद्येश्यले बाँकेको बैजनाथ गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत ११ जना किसानलाई ई-लोडिङ रिक्सा वितरण गरेको छ ।
ठेकेदारको ढिलासुस्तीले गर्दा गति लिन नसकेको तनहुँको सदरमुकाम दमौलीमा निर्माणाधीन नमुना पशुपंक्षी अस्पतालको भवनको लागि पुनः म्याद थप भएको छ ।
कैलालीको गोदावरी नगरपालिका-४ चुरे क्षेत्रमा पर्ने बन्दगडामा रहेको ऐतिहासिक महत्व बोकेको राजीताल ।