• २ साउन २०८२, शुक्रबार

पन्थडिही-कटहरे-हर्मी-साहिलीटार सडक कालोपत्रे

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन २ गते । गोरखाको सिरानचोक गाउँपालिका हुँदै लमजुङको साहिलीटार पुग्ने पन्थडिही-कटहरे-हर्मी-साहिलीटार सडक कालोपत्रे भएको छ । भारत सरकार र एक्जीम बैकको सहयोगमा झण्डै १२ किलोमिटर सडक कालोपत्रे भएको गोरखा सडक योजना कार्यालय गोरखाका सूचना अधिकारी आशिश रिजालले जानकारी दिनुभयो ।  

वि.स २०६० सालमा तत्कालिन हर्मी गाउँ विकास समितले ट्रयाक मार्ग खुलाइएता पनि २२ वर्षपछि संघिय सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगत गोरखा सडक योजना कार्यालय गोरखा मार्फत १२ किलोमिटर सडक कालो पत्रे समपन्न भएको हो । कालोपत्रे भएपछि गोरखा र लमजुङका स्थानीयलाई गोरखा सदरमुकामसम्म आवतजावत गर्न सहज हुने भएको छ । 

धेरै समयको प्रयासपछि २०६९ साल पुस २९ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमकाबिच सडकको शिल्यान्स गर्नुभएको गोरखा सडक योजना कार्यालय गोरखाले जनाएको छ ।

ग्रामिण बस्तीहरुलाई व्यापार व्यवसायमा जोड्दै दुई जिल्लालाई व्यावपारिक केन्द्र बनाउने उद्येश्यले सडक कालोपत्रे गरी आर्यआर्जनमा सहज हुने विश्वास लिइएको सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताउनुभयो । 

सडक कालोपत्रे योजनाका लागि उडहिल लामा जेबी कम्पनीसँग २०७९ साल चैत १५ गते सम्झौता भएर काम अघि बढेको गोरखा सडक योजना कार्यालय गोरखाका सूचना अधिकारी रिजालले बताउनुभयो । २०८३ जेठ २३ गते सम्पन्न गर्नुपर्ने समय सिमा भित्र निर्माण कम्पनीले १२ किलोमिटर सडक कालोपत्रे समपन्न गरेको उहाँको भनाइ छ । 

गोरखा सडक योजना कार्यालय गोरखाको ९२ करोड रुपियाँमा निर्माण कम्पनी बीच १२ किलो मिटर सडक कालोपत्रे र एक साइडमा नाली बनाउनुपर्ने सम्झौता उल्लेख छ । बाटोको ८ मिटर चौडाई र २ किलोमिटर लम्बाई, सबबेश, सबग्रेड फाइनल भएकाले तोकिएको समय सिमाभित्र सडक कालोपत्रे समपन्न भएको सडक योजना कार्यालय गोरखाले जनाएको छ ।