धान उत्पादनका लागि निकै उर्वर मानिने बाँके जिल्लामा साउनको पहिलो साता पुग्दासम्म पनि अझै २७ प्रतिशत खेत बाँझै छ । समयमा वर्षा नहुँदा रोपाइँ सुस्त गतिमा भइरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी [राप्रपा] ले आफ्नो पार्टीका सबै तहका नेता तथाकार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हितविपरीत हुने गरी कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका एक करोड १० लाखभन्दा बढी शरणार्थी अत्यावश्यक सहयोगबाट वञ्चित हुने जोखिममा परेको संयुक्त राष्ट्रसंघले शुक्रबार चेतावनी दिएको छ ।
चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार, चीनमा उपभोक्ता सामग्रीको खुद्रा बिक्री पछिल्ला चार वर्षमा वार्षिक औसत ५.५ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा ३९.१ ट्रिलियन युआन रहेको खुद्रा बिक्री सन् २०२४ मा बढेर ४८.३ ट्रिलियन युआन पुगेको छ । यो दरले वृद्धि भइरहेमा सन् २०२५ सम्म खुद्रा बिक्रीको कुल रकम ५० ट्रिलियन युआन ९सात ट्रिलियन अमेरिकी डलर० नाघ्ने अपेक्षा गरिएको छ ।
पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीले शुक्रबार बताएका छन् ।
दाङको घोराही उपमहानगरपालिका १५ स्थित भरतपुरका स्थानीयको घरभित्र पसेको गोमन सर्प ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफ्नो निर्वाचन क्षेत्रमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण सुरू गर्नुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर ९एनएस०’को प्रमाणपत्र अनिवार्य बनाइनुपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बसेको ठाउँबाट मुक्त कमैयालाई कसैले उठाउन खोजे त्यसको प्रतिवाद आफूले गर्ने बताउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानवअधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूूहरू लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताउनुभएको छ ।
ताप्लेजुङस्थित माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले प्रदर्शन गरेका छन् । निर्माणाधीन आयोजनाको काम रोक्नुपर्ने माग गर्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शुक्रवार प्रदर्शन गरेका हुन् ।
कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी कुटिएपछि सेवा प्रभावित भएको छ। नगर प्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीले बिहीबार धर्मानन्दलाई कार्यकक्षमा नै कुटपिट गरेपछि शुक्रवार सेवा प्रभावित भएको हो।
नवलपुरबाट आर्थिक वर्ष २०८१–८२ मा ३० अर्बभन्दा बढी राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१–८२ मा संघीय तथा प्रदेश सरकारलाई हस्तान्तरण हुने ३० अर्ब ६९ करोड ६६ हजार ५६ लाख ६३८ रुपियाँ राजस्व संकलन भएको हो ।
पाल क्रिकेट संघ (क्यान)ले भारतमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने २० क्रिकेट खेलाडीको नाम घोषणा गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीका रुपमा कार्यभार सम्हालेको एक वर्षको अवधिमा सङ्घीय अस्पतालको सेवा सुधार विस्तारदेखि स्वास्थ्य बीमा सुधारमा प्रशस्त प्रयासको नतिजास्वरुप परिवर्तन देखिन थालेका छन् । यसबीचमा स्वास्थ्य क्षेत्रमा सुधारका लागि सयौँ नीतिगत निर्णय गरेका छन्भने केही ऐन तथा कानुन आउने प्रक्रियामा छन् । सिकसेल एनिमिया तथा हेमोफिलियाजस्ता जटिल रोगमा विपन्न नागरिकको उपचारका लागि निःशुल्क उपचारका साथै बाल क्यान्सर र नेपालमा औषधि प्राप्त गर्न कठिन जटिल क्यान्सरका बिरामीलाई निःशुल्क उपचारको व्यवस्थालगायतका सुधार अघि बढेको छ ।