डिभिजन खानेपानी तथा सरसफाई कार्यालय स्याङ्जाले आर्थिक वर्ष ०८१/८२ मा लिफ्टीङ खानेपानी योजनाको एक करोड ३३ लाख ६४ हजार ६५६ रुपियाँ विद्युत महशुल अनुदान दिएको छ ।
बाह्र वर्षअघि निर्माण सुरु भएको चिस्यान केन्द्रको (कोल्ड स्टोर) निर्माण कार्य सकिएको छ । तानसेनको वडा नं. ७ बाघखोरमा १२ वर्षअघिदेखि सुरु भएको चिस्यान केन्द्र (कोल्ड स्टोर) एक दशकसम्म अलपत्र बनेको थियो ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विविधतायुक्त समाज नै मौलिक पहिचानका रूपमा रहेको बताउनुभएको छ ।
गुल्मीमा पछिल्लो वर्ष नयाँ नागरिकता बनाउनेभन्दा प्रतिलिपि बनाउने बढ्दै गएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको विवरण अनुसार नयाँ बनाउनेहरु बर्सेनी घट्दै गएका छन् ।
जुम्ला चन्दननाथ नगरपालिका–५ मा पाँचतले पक्की भवन निर्माण सकिए पनि सञ्चालनमा आउन सकेको छैन ।
उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले ८४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतले वार्षिक समिक्षा कार्यक्रम आयोजना गरी जानकारी दिएको हो ।
खाद्य अधिकार मानव अधिकार हो ।
मानव समाजको सुरुवातसँगै स्वास्थ्यको अवधारणाको जन्म भएको पाइन्छ ।
लुम्बिनी खतरामुक्त छ । अर्थात् भगवान् बुद्धको जन्मभूमि, लुम्बिनी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सम्भावित खतराको सूचीबाट हटेको छ । यो सुखद समाचार हो । यो खबरको अर्थ, अब उप्रान्त लुम्बिनी जस्तो प
सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिले प्राथमिक वा मातृभाषाका रूपमा प्रयोग गर्ने इसारा तथा सङ्केतको भाषा र त्यस व्यवस्थाभित्र सञ्चार हुने एक फरक भाषिक भेद साङ्केतिक भाषा हो । जसरी सुनाइ बोलाइ भएका व्यक्तिले आवाज वा ध्वनियुक्त भाषा स्वतः प्रयो
ताप्लेजुङबाट गएको आर्थिक वर्षमा अठ्चालिस करोड रुपियाँ बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त रकम फ्रिज अर्थात सरकारको केन्द्रीय खातामा फिर्ता भएको हो ।
धादिङ जिल्लामा हालसम्म ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विकास कार्यालय धादिङका अनुसार साउन १ गतेसम्म जिल्लामा ६० प्रतिशत रोपाइँ सकिएको हो ।
जलवायु परिवर्तनले बाढी र वन डेढेलोले जैविक विविधतामा ह्रास तथा वातावरणीय प्रदूषण निम्त्याउन थालेपछि मुस्ताङमा वृक्षारोपण गरिएको छ ।
बाखपा एपको प्रस्तुति नयाँ हास्य शृंखला ‘गाँवै रमाइलो’लाई पछिल्लो समय दर्शकले निकै रुचाएका छन् । सात हप्ता अघि बिहिबारदेखि सुरु भएको सो सिरियल सातौं भागसम्म आउँदा धेरै दर्शकले मन पराउन थालेका हुन् ।
एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा प्रतिस्पर्धा गर्ने छ वटा टोलीले बोलकबोल (अक्सन) मार्फत खेलाडी भित्र्याएका छन् । मार्कीसहित छ टोलीले ए, बी र सी मा रहेका ४८ खेलाडी भित्र्याएका छन् ।