संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएको केही समयमै जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यात अप्रिल र मे महिनामा तीव्र रूपमा घटेको देखिएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आमा सुरक्षा कार्यक्रम नवीकरण नगरेर बन्द गरेको जनाउँदै बाँकेका आठ राजनैतिक दलहरूले विरोध गर्दै पुनः सञ्चालन गर्न माग गरेका छन् ।
म्याग्दीका उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको छ । डिभिजन वन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने तीनवटा सामुदायिक वन उभोक्ता समूहलाई छनोट गरी पुरस्कृत गरेको हो ।
गोरखामा हालसम्म ६२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष मनसुन वर्षा कम परेकाले जेठको अन्तिमबाट रोपाइँ सुरु भएता पनि गोरखामा अत्यन्तै कम वर्षा भएकाले पनि शुक्रबारसम्म जम्मा ६२ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथाङ्का नाकालाई देशकै एक महत्त्वपूर्ण नाका भएको बताउनुभएको छ ।
विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनले सहभागिता जनाएको छ । एसोसिएसनका पूर्वअध्यक्ष डा. शीतलकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार सम्पन्न भएको महासभामा सहभागिता जनाउनुभएको हो ।
बर्दियाको गुलरिया नगरपालिका–५ऽ तुलसीपुरमा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहरकारी संस्थाले कृषकहरूका लागि अति आवश्यक पर्ने कृषि सामग्री वितरण गरेको छ ।
डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१, उदीपुर अँधेरी खोलामा गएको पहिरोमा जाली लगाउन ढिलाइ भएको छ । एक सातामा सक्ने भन्दै गत असार २४ गते प्रतिवद्धता गरिए पनि अझै १० फिटभन्दा बढी जाली लगाएर मर्मत गर्न बाँकी रहेको छ ।
गुल्मीमा भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको जग्गा व्यवस्थापनका लागि नाप जाँच सुरु गरिएको छ । जिल्लामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित रुपमा बसोबास गर्दै आएका नागरिकको पहिचान गरी उनीहरुलाई कानुनी रुपमा जग्गाको स्वामित्व दिलाउने उद्देश्यले जग्गा नाप जाँच कार्यको सुरु गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी र दुई तराईका जिल्ला जोड्ने एक मात्रै राजमार्ग भिमदत्त राजमार्गको हाल अहिले बेहाल छ । राजमार्गको मर्मतका लागि ठेक्का सम्झौता भए पनि काम पूरा नहुँदा करिब २० किलोमिटरको यात्रा सास्ति पूर्ण छ ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा शनिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका–४, टेङग्री बस्ने ७० वर्षीया उर्मिलादेवी यादवको खेतमा विद्युतीय मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो ।
गाउँको पुछारमा दाहिनेतिर एकतले घरमा परिवारसहित बस्थे गाने लुहार ।
ट्राफिक प्रहरी कार्यालय बागलुङले आर्थिक वर्ष २०८१/८२ मा एक करोड ३१ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक गंगाराम विकका अनुसार एक वर्षको अवधिमा १५ हजार आठ सय ३५ वटा सवारीलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको हो ।
कोशी प्रदेशको सीमित ठाउँमा रहेको पूर्वाधार विकास कार्यालय १४ वटै जिल्लामा विस्तार गरिएको छ । दुई वटा जिल्लाको कार्यालय एउटै ठाउँमा राखेर सेवा दिँदै आएकाले उपभोक्ता, ठेकेदार र नागरिकको पहुँच नहुने र
चितवन जिल्ला अदालतका न्यायाधीश रमेश ज्ञवालीले आपराधिक क्रियाकलापमा बालबालिकाको प्रयोग बढ्दो रहेको जानकारी दिनुभयो ।