संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएको केही समयमै जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यात अप्रिल र मे महिनामा तीव्र रूपमा घटेको देखिएको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३, चौतारा गाउँ र सानीभेरी नदी आसपासको दृश्य ।
सिरियाको ड्रुज समुदाय बसोवास गर्ने क्षेत्रमा हिंसा चर्किरहेका बेला संयुक्त राज्य अमेरिकाले सिरिया र इजरायलबिच युद्धविरामको सम्झौता गराएको घोषणा गरेको छ ।
युक्रेनको ओडेसा सहरमा शुक्रबार राति भएको रूसी ड्रोन आक्रमणमा एक जनाको ज्यान गएको र अन्य केही घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।
लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागारको गेट (प्रवेशद्वार) भत्किएपछि यहाँ रहेका कैदीबन्दीलाई अन्य जिल्लामा स्थानान्तरण गरिएको छ । गत बुधबार अपराह्न पौने ५ बजेतिर कारागारको पश्चिमतिर रहेको कैदीबन्दी प्रवेश गर्ने गेट भत्किएको छ ।
अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको सरकारद्वारा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अघिल्लो वर्ष पारित गरेका ‘महामारीसम्बन्धी नियम’ संशोधन अस्वीकार गरिएको छ, जसमा अमेरिकी प्रशासनको भनाइ अनुसार ती परिवर्तनले राष्ट्रको संप्रभुतामा हस्तक्षेप गर्छन् ।
भारतको बेङ्गलुरु सहरका करिब ४० वटा विद्यालयमा शुक्रबार बिहान बम राखिएको भन्दै धम्कीपूर्ण इमेल प्राप्त भएपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका छन् ।
नेपालले भारतमा हुने दोस्रो संस्करणको महिला कबड्डी विश्वकप खेल्ने भएको छ ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका –८ पौवामा यात्रुवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा २३ यात्रु घाइते भएका छन् । रामेछापको डोरखानीबाट काठमाडौंतर्फ आउँदैगरेकोे बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ ।
दाङको सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्यारालाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ । हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेसन प्रमुख अर्जुन गिरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सह ईन्चार्ज गणेश आचार्यले आज गृहमन्त्री लेखकलाई ध्याकर्षणपत्र बुझाउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठुलो भौतिक पूर्वाधारमा फड्को मारेको बताउनुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाजन्य कुरीति तथा जातीय विभेदविरुद्धको आवश्यकतानुसार जनचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केही बेरअघि बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।