अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक दुई वर्षमा प्रदान गर्दै आएको विभिन्न ११ विधाका पुरस्कार घोषणा गरेको छ ।
बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। हरियाली खेतबारीले घेरिएको मनमोहक बराहताल आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो।
थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका करण बाडियाले २२० किलो उचालेर विश्व कीर्तिमान बनाउनु भएको छ।
गण्डकी प्रदेश सरकारबाट तनहुँका दुग्ध उत्पादक किसानले झण्डै एक करोड रुपियाँ पुरस्कार पाएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत सो रकम प्रोत्साहनस्वरुप किसानलाई प्रदान गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देवकुमार ढकालले पदभार ग्रहण गर्नुभएको छ । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
भारतीय सेनाको आयोजनामा संचालन हुने डुरान कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लबका खेलाडी शनिबार भारत प्रस्थान गरेका छन्।
नेपाल–भारत मानव विकास एवं मैत्री सघ र डिजिटल फार्मस् मिसन काठमाडाैँले चितवनका आठ वटा सहकारी संस्थालाई हाते ट्याक्टर सहयोग गरेको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताउनुभएको छ ।
नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन गर्दै आएकोमा अब नेपाली र अन्य मातृभाषामा पनि प्रकाशित गर्ने भएको छ।
बाँकेको कोहलपुर नगरपालिका वडा १ का थप तीनसय २५ अव्यवस्थित बसोवासीले शनिबार जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । भूमि समस्या समाधान आयोगका केन्द्रीय उपाध्यक्ष सनतकुमार कार्कीले कोहलपुर १ का अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्नुभएको हो ।
प्रधानमन्त्री ली कियाङको उपस्थितिमा चीनले तिब्बत र भारत भएर बग्ने एक नदीमा शनिबारदेखि ठूलो बाँध निर्माण सुरु गरेको छ । तिब्बतमा यार्लुङ साङ्पो भनिने उक्त नदी भारतमा ब्रह्मपुत्रको नामले चिनिन्छ ।
इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर टाढा रहेको काभर शहरनजिकै दुर्घटना भएको हो ।
अहिले गाउँमा खेतलानै पाइँदैन् । बसाइसराइले गाउँका उर्वर खेतबारी बाँझा छन् । उत्पादकत्व कम हुने भएकाले जाँगरले खेती गर्नेहरू पनि कम हुँदै गएका छन् ।
तनहुँको ऑबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा शनिबार आन्तरिक पर्यटकको भीड । ऐनापहरा पछिल्लो समय पर्यटकको गन्तव्यस्थलको रूपमा विकास भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले पालिका अन्तर्गतका विद्यालयहरूलाई स्वदेशी कपडाको पोशाक प्रयोग गर्न गराउन र स्वदेशी टेलरमा सिलाउन निर्देशन जारी गरेको छ।