नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्रअन्तर्गत पर्ने ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकामा फुलेको रङ्गीबिरङ्गी फूलमा रमाउँदै आन्तरिक पर्यटक ।
सिन्धुली जिल्लामा नौ वटै स्थानीय तहले आर्थिक सुशासन पारदर्शिताका लागि गत आर्थिक वर्ष २०८१/८२ मा भएको बजेट खर्च सार्वजनिक गरेका छन् । स्थानीय तहले आफ्नो वेबसाइट त
सार्वजनिक खरिद नियमावलीमा ठेक्का सम्झौताको रकम सुनिश्चित नभएसम्म ठेक्का खोल्न नपाइने व्यवस्था उल्लेख गरिए पनि बर्दियाको बढैयाताल गाउँपालिकाले जथाभाबी ठेक्का खोल्दा ३४ करोड रुपियाँ दायित्व सिर्जना भएको छ ।
दाङमा पार्किङ गरेर राखेको पिकअप बोलेरा गाडीले च्यापेर एक जनाको मृत्यु भएको छ । आइतबार बिहान लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेशकुमार बानियाको पिकअप गाडीले च्यापेर मृत्यु भएको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–५ मा रहेको र गाउँपालिकाको नामकरण गरिएको सिमसार क्षेत्र बढैयाताल अतिक्रमणको चपेटामा पर्दै गएको छ भने तालको क्षेत्रफलसमेत साँघुरिँदै गएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
मनाङको मुख्य आयस्रोत भनेको पर्यटन हो । यस क्षेत्रका प्रत्येक घरमा होटेल व्यवसाय, चिया पसललगायतका व्यवसाय सञ्चालन हुँदै आएका छन् । यहाँ पर्यटनसँग सम्बन्धित तीन सयभन्दा बढी व्यवसाय छन् ।
पूर्वी नवलपरासीको पहाडी गाउँपालिका जोड्ने दलदले धौबादी सडक निर्माण सुरु भएको ३९ वर्ष पुग्यो तर अहिलेसम्म सडकले सडक जस्तो स्वरूप लिन सकेको छैन ।
सर्केगाड गाउँपालिका–४, झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ ।
म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ ।
कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आज बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो ।
शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल हावापानी बर्खायाममा ढोरपाटनको विशेषता हो यो । थरिथरिका फूलले रङ्गिएको ढोरपाटन बर्खायाम अन्य यामभन्दा झनै रमाइलो छ ।
‘थाम राम’ निसीखोलाको विशिष्ट मौलिक संस्कृति हो । यो सयौँ वर्ष पुरानो मानिन्छ । बागलुङको निसीखोला गाउँपालिका–६ मा यतिबेला यो संस्कृतिले रौनक छाएको छ ।
बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो ।