नवलपुरको गैँडाकोट नगरपालिका–३ तरङ खोलामा पानीको बहाव बढेपछि कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ ।
‘मेरी ओकिली...’, ‘झ्याबाट हेर...’ गीतबाट परिचय बनाउनुभएका गायक अनिस सापकोटा ‘ओकिली’ ले नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गर्नुभएको छ । त्यसमा उहाँले सार्वजनिक गर्नुभएको गीतमा आफैँ शब्द, सङ्गीत र स्वर दिनुभएको छ ।
मेरो अधिकांश समय संसदीय गतिविधिमा बित्छ । म महिला तथा सामाजिक मामिला समितिको सदस्य छु । मैले भोजपुर जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छु ।
पर्वतको मादी गाउँपालिका-३, देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका –८ मा बालबालिका र ज्येष्ठ नागरिकले निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । ५ वर्षमुनि र ६० वर्षमाथिका नागरिकले जिल्ला अस्पतालमा उपचार गराउन जाँदा निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका हुन् ।
देशको विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमानसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभएको छ।
बागलुङको काठेखोला गाउँपालिकाका स्थानीयहरुले जन श्रमदानमार्फत सडक मर्मत तथा स्तरोन्नति गरेका छन् । काठेखोला गाउँपालिका वडा २ भिमापोखरा र वडा ७ रेशका स्थानीयहरुको सक्रियतामा सडक सुधार गरिएको हो ।
पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमान्को शव भेटिएको छ । स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।
देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा भएको छ ।
कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि छुट्टै समन्वय समिति गठन गरेको छ । सामाजिक विकास मन्त्रालयले राउटे समुदायका लागि विधेयक बनाउन, राउटेको प्रोफाइल तयार पार्न र राउटे कोरिडोरको खाका तयार गर्नका लागि समिति गठन गरेको हो ।
भूकम्पले भत्काएको र चर्किएका घर पुनर्निर्माणका लागि गरिएको विस्तृत क्षतिको विवरण आँकलन (डिडिए) को प्रतिवेदन नआउँदा अन्योल भएको छ । ढुङ्गामाटोबाट बनेका घर पुनर्निर्माण गरिने आश्वासन पाए पनि डिडिएमा मर्मत र सामान्य प्रबलीकरणमा नाम कम समावेश भएपछि प्रभावितले असन्तुष्टि व्यक्त गरेका छन् ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ बाट करारका कर्मचारीलाई समेत योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने योजना बनाएको छ । प्रदेश सरकारको स्वीकृत दरबन्दीभित्र करार सेवामा कार्यरत कर्मचारीलाई योगदा
दार्चुलाका नौ वटै स्थानीय तहले १० बर्से गाउँ शिक्षा योजना निर्माण गरेका छन् । सङ्घका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको निर्देशनमा यहाँका स्थानीय तहले गत आर्थिक वर्ष २०८१/८२ मा आव २०९०/९१ सम्म लागु हुने गरी १० बर्से गाउँ शिक्षा योजना निर्माण गरेका हुन् ।
मुख्य खाद्यान्न बाली धान, गहुँ, मकै, कोदोसँगै डडेलधुरालगायतका पहाडी जिल्लामा केही वर्ष पहिलेसम्म फापर, चिनो दलहनमा गहत, भटमास, मास, मुसुरो, बोडी, गुराउस, सोट्टा, रयासलगायतका बालीको उत्पादन पनि खुबै हुन्थ्यो तर केही वर्षयता किसानले यी रैथाने बाली लगाउन छोड्दै गएका छन् ।
नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्रअन्तर्गत पर्ने ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकामा फुलेको रङ्गीबिरङ्गी फूलमा रमाउँदै आन्तरिक पर्यटक ।