नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।
कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीका अनुसार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा कार्यालयले रु दुई अर्ब ३९ करोड चार लाख २२ हजार राजस्व सङ्कलन गरेको थियो । यसपटक आयकरमा १३ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ ।
। सङ्घीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिकाअनुसार आज कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा आइतबार बिहान ७ः३० बजे माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते भएका छन् ।
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएसँगै यो स्थान आकर्षक गन्तव्यका रूपमा स्थापित भएको हो ।
मध्यपहाडी लोक मार्गको सामीप्य । ढुङ्गा र माटोबाट बनेको बाक्ला बस्ती । अग्ला पहाडको बिचमा रहेको छ–रुकुमपूर्व भूमे गाउँपालिका–१ लुगुम गाउँ । यसै गाउँमा हरेक वर्षको साउनको पहिलो हप्ता एक दिन झाँक्री मेला लाग्ने गरेको छ । यस वर्ष लुगुम गाउँमा शनिवार झाँक्रीको मेला लागेको हो ।
धेरै जसो योजना निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा समस्या देखिने गरेका छन् तर बुटवलमा भने निर्धारित मितिमै सम्पन्न भएका संरचनासमेत सञ्चालनमा नआउँदा सरकारी लगानी बालुवामा पानी सरह हुँदै आएको छ ।
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता हुनुभएको हो । उहाँकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल हुनुभएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिनुभयो ।
बाढी र पहिरोका कारण तमोर करिडोर,मेची राजमार्ग र मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध भएका छन ।
विश्वमै सडक यातायातको तुलनामा हवाई यातायातलाई सुरक्षित र छिटो मानिन्छ ।
संविधानलाई व्यावहारिक र ठिक तरिकाले कार्यान्वयन गरौँ भन्ने प्रगतिशील, लोकतान्त्रिक, क्रान्तिकारी सचेत राष्ट्रवादी नागरिक चाहना हो । यो चाहना पूरा गर्न कानुन मात्र बनाएर पुग्दैन । कानुन कार्यान्वयन गर्ने व्यक्ति वा निकायले इमान र विवेकका साथ सक्रि
राज्यस्रोत परिचालन, राजस्व वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निर्यात प्रवर्धन औद्योगिकीकरण, कुल गार्हस्थ्य उत्पादन तथा आर्थिक वृद्धि, कल्याणकारी राज्य निर्माण र आधारभूत वस्तु तथा सेवा आमजनतालाई सर्वसुलभ मूल्यमा उपलब्ध गराउने दायित्व राज्यको हुन्छ ।
प्रत्येक वर्ष साउनमा अधिकांश नेपाली महिलाले महिनाभर रातो, हरियो, पहेँलो परिधान लगाउने, चुरा, पोते आदिले सुसज्जित भई व्रत बस्ने कार्य गर्छन् । पुरुषहरूले पनि आफूले अँगाल्दै आएका खराब आचरणलाई यो महिनाभर विश्राम दिने प्रचलन बढ्दै गएको छ । राजनीति