शिक्षा पाठ्यक्रममा मात्र सीमित छैन; यो शिक्षक, विद्यार्थी र अभिभावकबिचको साझा यात्रा हो । विद्यालयमा शिक्षकले ज्ञान रोप्छन् भने घरमा अभिभावकले त्यसको सिँचाइ गरी जीवनोपयोगी बनाउने जिम्मेवारी लिन्छन् । विद्यालय मात्र होइन, घर पनि सिकाइको महत्वपूर्ण केन्द्र हो ।
मोडलिङ रियालिटी सो ‘दी फेस नेपाल भोल्युम ५’ को शीर्ष उपाधि पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जित्नुभएको छ । राजधानीको होटेल सोल्टीमा भएको अन्तिम प्रतिस्पर्धामा दुवैले उपाधि जितेका हुन् ।
नेपालमा पहिलो पटक हरर (काल्पनिक र लोककथा समावेश) गर्दै काठमाडौँ हरर चलचित्र महोत्सव आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोविनका अवसरमा अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले जानकारी दिनुभयो ।
राजेन्द्र बस्नेतको निर्देशनमा हास्य चलचित्र ‘किस्ने कहाँ छ ?’ को निर्माण घोषणा गरिएको छ । चलचित्रको पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरिएको हो ।
सर्लाहीको गोडैतामा जन्मिनुभएका रोशन दासले बाल्यकालदेखि नै सङ्गीत र चलचित्रप्रतिको मोह देखाउँदै आउनुभएको थियो । उहाँले बुवाको फोनको क्यामरामा वरपरका दृश्य कैद गर्दै कथावाचनको सुरुवात गर्नुभएको थियो ।
नेपाल पर्यटन बोर्डले भारतमा बोर्डको स्थायी कार्यालय खोलेर नेपालको पर्यटन प्रवर्धन गर्ने भएको छ । बोर्डले नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठुलो पर्यटक स्रोत बजार भारत रहेकाले दिल्लीमा स्थायी कार्यालय खोलेर पर्यटन प्रवर्धनका कार्यक्रम अघि बढाउने तयारी गरेको हो ।
लेखा व्यवसायीको नियामक संस्था नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान) ले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन तयार गर्ने विभिन्न क्षेत्रका कम्पनीलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड, २०२४ बाट सम्मानित गरेको छ । राजधानीमा शुक्रबार सम्पन्न कार्यक्रममा उत्कृष्ट कम्पनीहरूलाई सम्मानित गरिएको हो ।
विदेशी लगानीकर्ताले स्वचालित प्रणालीमार्फत चार अर्ब रुपियाँभन्दा बढीको लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागले वैशाखदेखि सुरु गरेको अनलाइनमा आधारित उक्त प्रणालीबाट चार अर्ब ६१ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार मिल्ने पार्टीसँग एकताका लागि वार्ता गर्न उपाध्यक्ष कृष्णबहादुर महरालाई जिम्मा दिनुभएको छ । अध्यक्ष प्रचण्डले महरालाई केही समयअघि आफ्नै निवास खुमलटार बोलाएर विचार मिल्ने पार्टीसँग एकताका लागि संवाद थाल्न आग्रह गर्नुभएको हो ।
राष्ट्रिय सभामा सङ्घीय निजामती सेवा विधेयक, २०८० मा ‘कुलिङ अफ पिरियड’ राख्न नहुने संशोधन प्रस्ताव दर्ता भएको छ । ‘कुलिङ अफ पिरियड’ को प्रावधान हटाइएको विषयबारे संसदीय समिति गठन भई समितिले छानबिन गरिरहँदा राष्ट्रिय सभामा सो विषय हटाउन संशोधन दर्ता भएको हो ।
कर्णाली विकास बैङ्कको घोटाला प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल राष्ट्र बैङ्कका पूर्वअनुगमन अधिकृत भुवन बस्नेतलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बस्नेतलाई शुक्रबार काठमाडौँको टोखाबाट पक्राउ गरेको जनाएको छ ।
सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा अध्ययन तथा छानबिन गर्न गठित संसदीय विशेष समितिले छिट्टै सक्ने गरी गृहकार्य थालेको छ ।
पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिका प्रमुख बुद्धिराज बज्राचार्यको निधन भएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले दिनुभएको जानकारीअनुसार आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा उहाँको ८९ वर्षको उमेरमा निधन भएको हो ।
पार्टी मुख्यालय च्यासल, ललितपुरमा शनिबर सम्पन्न चौथो पूर्ण बैठकले केन्द्रीय सचिवालय बैठकबाट पारित गरिएको विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक दुई वर्षमा प्रदान गर्दै आएको विभिन्न ११ विधाका पुरस्कार घोषणा गरेको छ ।