• ४ साउन २०८२, आइतबार

गरेट र चेम्जोङलाई उपाधि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ४ गते । मोडलिङ रियालिटी सो ‘दी फेस नेपाल भोल्युम ५’ को शीर्ष उपाधि पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जित्नुभएको छ । राजधानीको होटेल सोल्टीमा भएको अन्तिम प्रतिस्पर्धामा दुवैले उपाधि जितेका हुन् । उनीहरूले उपाधिसँगै जनही तीन लाख ५० हजार रुपियाँ नगद पुरस्कार जितेका छन् ।

यु क्यान फ्लाई मोडलिङ एजेन्सीले आयोजना गरेको प्रतियोगितामा गणेश क्षेत्री र एलिना चौधरी फस्ट रनरअप, एलेन थापा र प्राश्ना श्रेष्ठ सेकेन्ड रनरअप तथा इर्भान वीर कंसाकार र प्रतिष्ठा रिजाल थर्ड रनरअप हुनुभयो । 

यु क्यान फ्लाई मोडलिङका प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले नेपाली मोडललाई नेपालमै उनीहरूको प्रतिभा चिनाउन र मोडलिङ गर्नकै लागि विदेश जानु नपरोस् भनेर प्रतियोगिता गरिएको बताउनुभयो ।