जिल्लाको बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति गर्न सुरु गरिएको छ ।
मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।
स्याङ्जामा आर्थिक वर्ष २०८१-०८२ मा नयाँ थपिने भन्दा खारेज हुने व्यावसायिक फार्मको सङ्ख्या धेरै छ । यो अवधीमा चार सय ६० व्यावसायिक फार्म खारेज भएका हुन् भने ३ सय १९ वटा नयाँ फार्म थपिएका हुन् ।
साउनको पहिलो साता सकिन लाग्दा धनकुटामा करिब ५३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको पाइएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारीअनुसार जिल्लामा रोपाइँका लागि पर्याप्त वर्षा नभएका कारण यस बर्ष रोपाइँ कम भएको जनाएको छ ।
अन्नपूर्ण पदमार्ग छेउमै रहेको मर्स्याङ्दी गाउँपालिका–७ स्थित हामखोलाको झरनामा रमाउँदै आन्तरिक पर्यटक ।
वीरगन्ज महानगरपालिका–१६, नगवाकी राधिकादेवी २०७५/७६ सालमा मधेश प्रदेश सरकारले नगवा पोखरी मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत सौन्दर्यीकरण गर्ने योजनाले निकै खुसी हुुनुहुन्थ्यो ।
गत आर्थिक वर्षमा सोलुखुम्बुको ३७ करोड रकम बढी फ्रिज भएको छ । गएको आर्थिक वर्ष २०८१-८२ मा ३७ करोड ७४ लाख १० हजार ६ सय ६७ रुपियाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नवीन राईले जानकारी दिनुभयो ।
कावासोतीको आन्तरिक राजस्व कार्यालय आर्थिक वर्ष २०८१–८२ मा सबैभन्दा बढी राजस्व सङ्कलन गर्नेमा दोस्रो नम्बरमा परेको छ । कार्यालयका सूचना अधिकारी सरोजकुमार ढकालका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व संकलन गर्नेको वरियतामा कावासोती दोस्रो नम्वरमा परेको हो ।
दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ ।
सडक दुर्घटनामा निधन भएको बाँकेको खजुरा गाउँपालिका–४, ‘ई’ गाउँका २५ वर्षीय अर्जुन रोकाक्षेत्रीको प्रथम स्मृति दिवस पारेर ट्राफिक सुरक्षा सम्बन्धी कार्यक्रम गरिएको छ ।
की देश चीनको ताक्लाकोट जानका लागि दस हजारभन्दा बढी हुम्लावासीले सीमा पास लिनुभएको छ । रोजगारी र व्यापारको सिलसिलामा ताक्लाकोट जानका लागि यति धेरै जिल्लावासीले सीमा पास लिनुभएको हो ।
तीन वर्षदेखि निर्माण रोकिएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडकखण्ड स्तरोन्नति गरिँदैछ । यसअघि निर्माण कम्पनीको लापरबाहीका कारण रोकिएको उक्त खण्ड स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय भक्तपुरले बोलपत्र आह्वान गरेको हो ।
चिसङ्खुगढी गाउँपालिका–१, कुइभिरमा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यही साउन ३ गते बेलुका करिब १० बजे सोलुखुम्बुका चन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोरखामा पर्यटक आकर्षित गर्न बेनीखोलामा कृत्रिम ताल निर्माण गरिएको छ ।
अविरल वर्षाका कारण उपल्लो मुस्ताङ जोड्ने जोमसोम–कोरला सडकमार्ग आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।