सन् २०२५ को पहिलो छ महिनामा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या घटेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को जनवरीदेखि जुनसम्म पाँच लाख ८३ हजार ११ जना पर्यटक नेपाल भित्रिएकोमा यो वर्षको सोही अवधिमा पाँच लाख ७७ हजार ६८९ पर्यटक नेपाल भित्रिएका छन् ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहँदा सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ ।
बर्सातसँगै सुरु हुने बाढीपहिरोका कारण चुरे क्षेत्रको फेदीमा रहेका मानवबस्ती र खेतीयोग्य जमिन जोखिममा पर्ने क्रम बढ्दै गएको छ ।
मुलुकमा विभिन्न क्षेत्रका चार खर्ब रुपियाँभन्दा बढीका आयोजना सञ्चालनमा रहँदा तिनीहरूको प्राविधिक परीक्षण (टेक्निकल अडिट) का लागि हरेक वर्ष ५०/६० लाख रुपियाँ मात्र विनियोजन हुने गरेको छ ।
गत जेठ, असारमा लटरम्म फल पाकेका बेला पनि लिची बगैँचा प्रायः सुनसान रह्यो । अहिले लिची निख्रिइसकेका छन् । घरी घरी चल्ने बतास र वर्षाको पानीले निकाल्ने आवाजबाहेक शान्त रहने लिचीघारी अहिले अशान्त छ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को संशोधन गरेर मानव बेचबिखन र ओसारपसारमा कडाइ गर्न लागिएको छ ।
सहरी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा २७८ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न गरेको जनाएको छ । यसै अवधिमा रणनीतिक रूपमा महत्वपूर्ण रहेको मुलुककै सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल सञ्चालन भएको जनाइएको छ । यस पुलको लम्बाइ एक हजार ५७१ मिटर छ ।
काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालन गरेको प्रवेश परीक्षामा १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले सरकारका मन्त्री र मुख्य सचिवसँग सोधपुछ गरेको छ । समितिले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र मुख्य सचिव एकनारायण अर्यालसँग सोधपुछ गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमणको तयारी अघि बढाएको हो ।
यहाँको कटारी नगरपालिकाबाट सदरमुकाम गाईघाटतर्फ जाँदै गरेको प्र०८–००१ ज ००७१ नम्बरको विङ्गर भ्यानको ठक्करबाट आज त्रियुगा नगरपालिका –४ चुहाडेका अन्दाजी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेकोमा बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो पटक अवार्ड जितेकामा बधाई ज्ञापन गर्नुभएको हो ।
चीनको लेन्दे खोलाबाट आएको भीषण बाढीले अवरुद्ध बनाएको रसुवागढी–स्याफ्रुबेसी सडक १२ दिनपछि पुनः सञ्चालनमा आएको छ।
साउने सोमबारका अवसरमा साउन ५ गते सोमबार बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिने छन् ।
नेपाल प्रेस युनियनको १० औं केन्द्रीय महाधिवेशन आगामी जेठमा हुने भएको छ ।