स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकार विपन्न जनतासँग सरोकार राख्ने स्वास्थ्य बिमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ ।
गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको हतुवागढी गाउँपालिकास्थित ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण गरिएको छ । किरात संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँ स्मारक उद्यान संरक्षण गरिएको हो ।
यहाँको व्यास नगरपालिका–३ दमौलीस्थित नमूना पशुपक्षी अस्पतालको भवन निर्माण अधुरो बनेको छ ।
रुपन्देहीमा चैते धानको उत्पादनमा वद्धि भएको छ । रुपन्देहीका विभिन्न पालिकाहरुमा लगाईएको चैते धानको उत्पादनमा उल्लेख्य रुपमा वृद्धि भएको किसानहरुको भनाइ छ ।
एकवर्षमा जिल्लाभित्रका करिब ७० किलोमिटर सडक कालोपत्र गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ६९.७ किलोमिटर कालोपत्र गरिएको हो । सबैभन्दा धेरै गोरखा सडक योजना कार्यालयले कालोपत्र गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको महेन्द्रनगर स्थित हनुमाननगर मापन केन्द्रमा ४८.८ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ । विभागले उक्त वर्षा देशभरकै सबैभन्दा बढी वर्षा मापन भएकाले थप पानी पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
यहाँको शुक्लाफाँटा नगरपालिका–११ का दलबहादुर बोहरा दुई दशकदेखि पूर्वपश्चिम राजमार्गको बनहरा पुलमुनि बस्दै आउनुभएको छ ।
उत्तरी गोरखाको मनास्लु पदमार्गमा निस्कने फोहर सङ्कलन र व्यस्थापनका लागि विभिन्न ४० स्थानमा ‘डस्टबिन’ राखिएको छ । स्थानीयवासीको सहभागितामा फोहर व्यवस्थापनका लागि पदमार्गमा ‘डस्टबिन’ राखिएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय ९एमक्याप० गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।
यहाँको भरतपुर अस्पतालमा विगत तीन महिनामा दुई सय ९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । वर्षा सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो ।
साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ ।
खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आफैँ गएराति अनुगमनमा निस्किनुभएको छ ।
बैङ्क तथा वित्तीय संस्था वित्तीय मध्यस्थकर्ता हुन् । खास गरी सर्वसाधारणको निक्षेप नै कर्जाको प्राथमिक स्रोत हो । अर्थतन्त्रलाई गति दिन सरकार तथा केन्द्रीय बैङ्कले कर्जामा प्राथमिकता दिएको हुन्छ । कतिपय अवस्थामा सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हुन्छ । कतिपय कर्जा अ
राजनीतिक अभ्यास भनेको नागरिकलाई सत्ता सञ्चालनकर्ता (नेतृत्व) र सत्ता सञ्चालनको प्रक्रियासँग जोड्ने विधि हो । राजनीतिक सङ्गठन निर्माणको आधार भनेकै विचार र भावना मिल्नेको सामूहिक चाहना हो । यो आधारभूत कुराले पनि राजनीतिलाई आपसी मिलन वा सहकार्यको पहिलो खुड्किलो हो ।