जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महìव बोकेको ‘सीता पुष्पवाटिका मणिमण्डप’ निर्माण अन्तिम चरणमा पुगेको छ । तीन वर्षमा सम्पन्न हुने भनिएको योजना सम्झौता मितिभन्दा दोब्बर समय
जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार चिनियाँ हतियार र ठुलो मात्रामा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे छन् ।
रुकुमपश्चिममा सङ्घीय सरकारको पाँच अर्ब ८१ करोड रुपियाँभन्दा बढी रकम खर्च भएको छ ।
ताप्लेजुङमा निर्माण सुरु भएको माथिल्लो तमोर जलविद्युत् आयोजनाको विरोध गर्दै आएका स्थानीयले आन्दोलनका कार्यव्रmम घोषणा गरेका छन् । आयोजनाको काम रोक्न पटक पटक अनुरोध गरे पनि अटेर गरिएको भन्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलनका कार्यव्रmम घोषणा गरेका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
सिँचाइ सुविधा नहुँदा हुम्लाको अदानचुली गाउँपालिकाका उर्वर जमिन बाँझै भएको छ ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा एक वर्षमा तीन वटा पक्की पुल र १० वटा कलभर्ट निर्माण गरिएको छ । बहुवर्षीय योजनाभित्र पर्ने भए पनि आर्थिक वर्ष २०८१/८२ मा यी पुल र कलभर्टको निर्माण सम्पन्न गरिएको हो ।
ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–७ खेवाङका रश्मी आचार्य दुई वर्षअघि विसं २०८० असार तेस्रो साता गाउँको विद्युतीकरणको कामको सिलसिलामा फिदिम आउनुपर्ने थियो ।
जाजरकोटमा बालबालिका दुर्व्यवहारका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सबै निकायबाट बालबालिका सम्बन्धी काम गर्दे आएको भएता पनि दुर्व्यवहारका घटना बढ्दै जानु चुनौती रहेको प्रहरीको भनाइ छ ।
आर्थिक वर्ष २०८१/८२ सम्ममा हुम्ला जिल्लाका ४७ वटा बस्ती सडक सञ्जालको पहुँचभन्दा बाहिर छन् । केही बस्तीमा सडक निर्माण गर्ने कार्य सुरु भए पनि अधिकांश बस्तीमा सडक निर्माणको सुरसारै छैन ।
बर्दिया जिल्लाको राजापुर–गेरुवा जोड्ने २७ किलोमिटर सडक अलपत्र अवस्थामा छ । सडक निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता भएको थियो । समयमा सडक निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले सास्ती बेहोर्नु परेको छ ।
साउनको पहिलो सोमबारका दिन आज बागलुङका शिवालयहरुमा भक्तालुहरुको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको विशेष महिना र बार मानिन्छ ।
साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला पवित्र तीर्थस्थल देवघाटधालगायत चितवनका शिवालयहरुमा बिहानैदेखि सुरु भएको छ । मुख्यगरी आजको दिनमा व्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाइ शिवको आराधना गरेर मनाउँछन् ।
म्याग्दीको धवलागिरि गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकबरे जातको खुर्सानी खेती भएको छ । धवलागिरि –७ शिवाङको धौलागिरि कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानीखेती गर्नुभएको छ ।