विसं २०४६ चैत २६ गतेको राति राजा वीरेन्द्रबाट बहुदलीय व्यवस्था पुनस्र्थापनाको घोषणासँगै निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य भयो । वीरेन्द्रको शासनकालमा पटक पटक अवसर पाएका पूर्वपञ्चले यो घोषणापछि नयाँ व्यवस्था अनुसार दल गठनको आवश्यकता महसुस गरे ।
रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी र शिक्षाका नाममा वार्षिक लाखभन्दा बढी बिदेसिने जनशक्ति भनेकै युवा हो ।
नेपालमा स्वदेशी काठ कुहाएर विदेशी काठ भित्र्याइने गरेको बर्सौं भयो ।
लघुकथा समाज, नेपालको १९ औँ साधारण सभाले लघुकथाकार तुलसीहरि कोइरालाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
गायक अनिश ओकिलीले नयाँ गीत ‘स्वर्ग मेरो’ आइतबार सार्वजनिक गर्नुभएको छ । गीतमा उहाँकै शब्द र सङ्गीत रहेको छ । करिब तीन महिना लगाएर गीत तयार गरिएको गायक ओकिलीले बताउनुभयो ।
गुल्मीको रेसुङ्गा नगरपालिका– ८, खानीगाउँमा विगत आठ वर्षदेखि अङ्गुर खेती गरिएको छ । स्थानीय प्रकश भलामीको दम्पत्तिले बाख्रापालन, नर्सरीसँगै विगत आठ वर्षदेखि अङ्गुर खेतीमा निकै सक्रिय रुपमा लाग्नुभएको छ ।
कर्मचारी सञ्चय कोषबाट सञ्चालित योगदानमा आधारित निवृत्तिभरण कोषमा करिब चार हजार २९० कार्यालय तथा संस्था आबद्ध भएका छन् । योगदानमा आधारित निवृत्तिभरण कोषमा आबद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाका सङ्ख्या उल्लेख्य रूपले बढ्दै गएको कोषले जनाएको छ ।
दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने नेपाल–चीन सीमानाका साउन ७ देखि ९ सम्म खुल्ने भएको छ । चीनको तिब्बतस्थित ताक्लाकोटमा रहेको स्थानीय प्रशासनले छाङरु र टिङ्करका व्यापारीलाई नाका खुल्नेबारे जानकारी गराएपछि टिङ्करभन्ज्याङ १ नम्बर पिल्लर सीमानाका खुल्ने भएको हो ।
करदाता सेवा कार्यालय गुल्मीले गत वर्षभन्दा ८.३८ प्रतिशतभन्दा बढि राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा जम्मा ३९ करोड ८५ लाख ३१ हजार ८१० रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।
साउनको पहिलो साता बित्न लाग्दासमेत रोपाइँ सन्तोषजनक भएको छैन । गत वर्ष यही अवधिमा मुलुकभरमा ८४.६ प्रतिशत रोपाइँ सकिएकामा यस पटक झन्डै १२ प्रतिशत कम रोपाइँ भएको छ । मुलुकभर १३ लाख ८३ हजार ७३२ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको छ । गत आवमा १४ लाख २० हजार हेक्टरमा धान रोपाइँ भएको थियो ।
कैलालीको धनगढीमा आगलागीबाट आठवटा सटरमा क्षति भएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकका सटरमा अचानक विद्युत तार सर्ट भइ आगलागी भएको हो ।
आलुले उचित मूल्य र बजार नपाएपछि भूमिराजको रुइसेनी र धारुडीगाउँका किसानले फलााएको चार सय क्विन्टलभन्दा बढी आलु बारीमै कुहिन थालेको छ । जिल्लाको पुर्चौडी नगरपालिका–६, भूमिराजगाउँका ८० परिवार किसानले फलाएको रातो र सेतो आलु बिक्री नहुँदा गोठमा थन्क्याएर राखिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले लगानी विस्तार र वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनका लागि थप सुधार आवश्यक रहेको जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापन र आन्तरिक श्रम क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत सुधारका काम धेरै भएको दाबी गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ५४ पैसा र बिक्रीदर १३८ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ ।