सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को आयोजनामा सञ्चालित पहिलो अन्तरराष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’का कलाकारसँग अन्तरक्रिया गर्नुभएको छ।
वर्षाले गर्दा तनहुँ जिल्लामा पर्ने प्रमुख राजमार्ग, सहायक राजमार्ग तथा स्थानीय सडक सञ्जाल प्रभावित भएका छन्।
मिस ग्राण्ड नेपाल २०२५ को उपाधि रामेछापकी चाहाना प्रधानले जित्नुभएको छ।
मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलानजिकै गुडिरहेको कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएको जानकारी दिनुभयो ।
शनिबार रातिदेखि परेको अविरल बर्षाको कारण रिडी रुद्रवेणी वामी सडक अवरुद्ध भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका –८ आँपचौरको तल्लाफाँटको गेदीखोलामा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो ।
बाढीका कारण अवरुद्व पाँचथरस्थित फिदिम नांगिन याङनाम सडकखण्ड सञ्चालनमा आएको छ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भएको भेटवार्ता सकिएको छ।
ताप्लेजुङमा हालसम्म करिब ४२ प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार आइतबारसम्ममा कुल ४२.७३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको हो।
नेपाललाई उपाधि चुम्न बङ्गलादेशलाई हराउनै पर्ने बाध्यता छ । चार टोली सम्मिलित च्याम्पियनसिपमा बङ्गलादेशले पाँच खेलमा अपराजित रहँदै १५ अङ्क जोडेको छ ।
बाढी र पहिरोका कारण तमोर काेरिडोर, मेची राजमार्ग र मध्यपहाडी राजमार्गसहित मुख्य सडक अवरुद्व भएका छन्।
ताप्लेजुङमा निर्माण सुरु भएको माथिल्लो तमोर जलविद्युत आयोजनाको विरोध गर्दै आएका स्थानीयले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिताअन्तर्गत खुलातर्फको उपाधि क्षितिज भण्डारीले जित्नुभएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता सुरु भएको छ ।
ताप्लेजुङमा मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरिएको छ । जिल्लामा साहित्य क्षेत्रमा कलम चलाउँदै आएका साहित्यकारहरुको जिल्ला भेलाले मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरेको हो ।