• ४ साउन २०८२, आइतबार

पहिरोले रिडी रुद्रवेणी–वामी सडक अवरुद्ध

blog

पहिरोले अवरुद्ध रिडी रुद्रवेणी वामी सडक । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुंगा, साउन ४ गते । शनिबार रातिदेखि परेको अविरल बर्षाको कारण रिडी रुद्रवेणी वामी सडक अवरुद्ध भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका –८ आँपचौरको तल्लाफाँटको गेदीखोलामा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो । 

पहिरो खसेलगत्तै मजुवा प्रहरीचौकीबाट प्रहरी हवलदार तिलकबहादुर हिस्की र सशस्त्र प्रहरीसहितको टोलीले पहिरो हटाउने काम गरिरहेको छ ।