• ५ साउन २०८२, सोमबार

कर कार्यालय गुल्मीद्वारा ४३ करोड १९ लाख बढि राजस्व सङ्कलन

blog

करदाता सेवा कार्यालय गुल्मी । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, साउन ५ गते ।
करदाता सेवा कार्यालय गुल्मीले गत वर्षभन्दा ८.३८ प्रतिशतभन्दा बढि राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा जम्मा ३९ करोड ८५ लाख ३१ हजार ८१० रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

आर्थिक वर्ष २०८१/०८२ मा ८.३८ प्रतिशतले बढेर ४३ करोड १९ लाख ४० हजार ७५० रुपियाँ राजस्व सङ्कलन भएको करदाता सेवा कार्यालय गुल्मीले जनाएको छ । कार्यालयका नायब सुब्बा श्रवण कुमार बुढाका अनुसार आयकरतर्फ २३ करोड ९२ लाख ८० हजार ८८०, मूल्य अभिवृद्धिकरतर्फ १८ करोड ४७ लाख ६३ हजार ५३० रुपियाँ र अन्तशुल्कतर्फ ७८ लाख ९६ हजार ७५० रुपियाँ राजस्व सङ्कलन भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा आयकरतर्फ २३ करोड ६ लाख ८० हजार ८८०, मुल्यअभिवृद्धि कर १५ करोड ८३ लाख ९२ हजार ६८० रुपियाँ र अन्तशुल्क ९४ हजार ५८ हजार २५० रुपियाँ राजस्व सङ्कलन भएको बुढामगरले बताउनुभयो ।

जिल्लामा २०७७ सालमा करदाता सेवा कार्यालय स्थापना भएको थियो । त्योभन्दा पहिले गुल्मेलीले पाल्पा र बुटवल पुगेर सेवा पाउँथे । कार्यालय स्थापनासँगै नागरिकलाई करप्रति सकरात्मक बनाउने, स्थानीय तहहरुसँग समन्वय र करदाता शिक्षा सञ्चालन, अग्रिम आयकरको लागि म्यासेज, फोन र सूचना गरेका कारण राजस्व सङ्कलनमा वृद्धि भएको करदाता सेवा कार्यालय गुल्मीका कार्यालय प्रमुख कर अधिकृत बिक्रम पन्थीले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा आयकर बक्यौता ३५ लाख १२ हजार र मूल्यअभिवृद्धिकर बक्यौता एक करोड १४ लाख ९४ हजार उठेको पन्थीले बताउनुभयो ।