• ५ साउन २०८२, सोमबार

ओकिलीको ‘स्वर्ग मेरो’

blog

काठमाडौँ, साउन ५ गते । गायक अनिश ओकिलीले नयाँ गीत ‘स्वर्ग मेरो’ आइतबार सार्वजनिक गर्नुभएको छ । गीतमा उहाँकै शब्द र सङ्गीत रहेको छ । करिब तीन महिना लगाएर गीत तयार गरिएको गायक ओकिलीले बताउनुभयो । पप/सफ्टरक विधामा पर्ने गीतमा उहाँले मायाको वर्णन गर्नुभएको छ । यस पटक म्युजिक भिडियोमा समेत उहाँ आफैँ प्रस्तुत हुनुभएको छ भने उहाँलाई एरिशा श्रेष्ठले साथ दिनुभएको छ । 

गीतको भिडियो गायक तथा सङ्गीतकार जेम्स प्रधानले तयार पार्नुभएको छ । गीतमा छायाङ्कन, सम्पादन, रङ संयोजन र निर्देशन पनि उहाँकै रहेको छ । गीत अनिश ओकिली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।