• ५ साउन २०८२, सोमबार

लघुकथा समाजको अध्यक्षमा कोइराला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ५ गते । लघुकथा समाज, नेपालको १९ औँ साधारण सभाले लघुकथाकार तुलसीहरि कोइरालाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समाजको उपाध्यक्षमा सुषमा चित्रकार, महासचिवमा सुमन सौरभ, सचिवमा श्रीबाबु कार्की, कोषाध्यक्षमा छविरमण सिलवाल र सदस्यमा सिन्धु गौतम, तारा केसी, मधु पाठक र राजेश खनाल सर्वसम्मत रूपमा चयन हुनुभएको छ । 

काठमाडौँमा आयोजित साधारण सभामा समाजका महासचिव सुमन सौरभले सङ्गठनात्मक र कोषाध्यक्ष छविरमण सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले लघुकथाको साङ्गठनिक स्वरूपका बारेमा कसैले चर्चा नगरेको समयमा यो संस्था गठन गरिएको स्मरण गर्नुभयो । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष गोपाल अश्क, राधेश्याम लेकाली, मोहन चापागाईंलगायत साहित्यकारले शुभकामना दिनुभएको थयो ।