• ५ साउन २०८२, सोमबार

भ्यानको ठक्करबाट महिलाको मृत्यु

blog

कटारी (उदयपुर), साउन ४ गते । यहाँको कटारी नगरपालिकाबाट सदरमुकाम गाईघाटतर्पm जाँदै  गरेको प्र०८–००१ ज ००७१ नम्बरको विङ्गर भ्यानको ठक्करबाट आज त्रियुगा नगरपालिका –४ चुहाडेका अन्दाजी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दनुवारलाई भ्यानले त्रियुगा नगरपालिका –८ झोडामा ठक्कर दिएको थियो । झोडामा यात्रु ओरालेर र चढाइसकेपछि अगाडि बढ्ने क्रममा दनुवारलाई भ्यानले ठक्कर दिएको थियो । ठक्कर पश्चात गम्भीर घाइते दनुवारलाई उपचारका लागि जिल्ला अस्पताल लगिए पनि साँझ उपचारकै क्रममा उहाँको मृत्यु भएको थियो । रासस