• ५ साउन २०८२, सोमबार

नेपालीको नसा नसामा क्रिकेट छ : प्रधानमन्त्री ओली

blog

प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को  ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेकोमा बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो पटक अवार्ड जितेकामा बधाई ज्ञापन गर्नुभएको हो । 

“गत वर्ष हामीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड प्राप्त गरेका थियौँ । दोस्रो पटक पनि नेपाललाई यो अवार्ड प्राप्त भएको छ । नेपालीको नसा नसामा क्रिकेट छ । हामी सबैलाई बधाई” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ। सिङ्गापुरमा आज भएको आइसिसीको वार्षिक सम्मेलनमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको छ ।