सिमकोट (हुम्ला), साउन ४ गते । सर्केगाड गाउँपालिका–४, झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका आज बिहान आगलागी हुँदा किराना पसलका सामान, स्टेसनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको जानकारी दिनुभयो ।
स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा नियन्त्रणमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट कति कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको उहाँले बताउनुभयो । रासस