• ३ साउन २०८२, शनिबार

डुरान्ड कप खेल्न आर्मी क्लब भारत प्रस्थान

blog

तस्बिरः नेपाली सेना

काठमाडौँ, साउन ३ गते। भारतीय सेनाको आयोजनामा संचालन हुने डुरान कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लबका खेलाडी शनिबार भारत प्रस्थान गरेका छन्। 

साउन ७ देखि भदौ ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अर्मी क्लबले भारतका फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 

प्रतियोगितामा सहभागी हुने टोलीलाई सैनिक तालिम महानिर्देशक उपरथी ध्रुवप्रकाश शाहले जङ्गी अड्‍डामा आयोजित कार्यक्रममा शनिबार बिदाइ गर्नुभएको हो। 

यस्ता खेलकुद प्रतियोगितामा हुने सहभागिताले दुई देशको सम्बन्ध प्रगाढ बनाउन तथा नेपाली सेना र भारतीय सेनाबिचको मित्रता र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने कार्यको लागि कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ।