• ३ साउन २०८२, शनिबार

इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

blog

तेहरान, साउन ३ गते । इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर टाढा रहेको काभर शहरनजिकै दुर्घटना भएको हो ।

कावर अस्पतालका निर्देशक मोहसेन अफ्रासियाबीले इरानी सरकारी टेलिभिजनलाई घटनामा भएको हताहतबारे भन्नुभयो, “शनिबारको बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । इरानी सञ्चारमाध्यमले एउटा बस पहाडकोे सडक छेउमा लडेको अवस्थामा खिचिएको तस्बिर सम्प्रेषण गरेका छन् । इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार मार्चसम्म एक बर्षको अवधिमासडक दुर्घटनाबाट करिब २० हजार मानिसको मृत्यु भएको छ । रासस/एएफपी