• ३ साउन २०८२, शनिबार

अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृत्यु

blog

काबुल, साउन ३ गते । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । राज्य सञ्चालित बख्तर समाचार एजेन्सीका अनुसार, यो दुर्घटना गजनी र छिमेकी प्रान्त कन्धार जोड्ने मुख्य सडकमा पर्ने अब बन्द जिल्लामा भएको हो ।

समाचारमा जनाइएअनुसार, यात्रु सवार कार एक ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, लापरबाह ड्राइभिङ दुर्घटनाको मुख्य कारण मानिएको छ र घटनाको थप अनुसन्धान थालिएको बताइएको छ ।

यसैबिच, केही दिनअघि मात्रै गजनीकै छिमेकी प्रान्त हेलमन्डमा भएको अर्काे यस्तै दुर्घटनामा ११ जनाको मृत्यु र चार जना घाइते भएका थिए । अफगानिस्तानका ग्रामीण सडकहरूमा हुने यस्ता दुर्घटनाहरूमा सवारीको अवस्थासँगै लापरबाह गतिको पनि ठुलो भूमिका हुने गरेको देखिन्छ । रासस/सिन्ह्वा