काठमाडौँ, साउन ३ गते । केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ ।
सन् २०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मी मुख्यालयमा आयोजित एक विशेष समारोहमा केल्मी नेपाललाई सम्मान गरेको हो । केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रबन्ध निर्देशक उत्तम न्यौपानेले उक्त अवार्ड ग्रहण गर्नुभएको छ ।
केल्मी, विश्वप्रसिद्ध स्पोर्ट्सवेयर ब्रान्ड हो भने अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई पुरस्कृत गर्दै पनि आएको छ ।
नेपाली बजारमा पनि केल्मीले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । खेलाडीको पहिलो रोजाइमा रहने गरेको छ । केल्मीको मुख्यालयमा आयोजित २०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटमा विश्वभरका प्रतिनिधीहरू उपस्थित भएका थिए ।
पुरस्कार ग्रहणपछि प्रवन्ध निर्देशक उत्तम न्यौपानेले भन्नुभयो, ‘‘यो पुरस्कारले हामीलाई थप प्रेरणा प्रदान गरेको छ । हामी केल्मीसँगको आफ्नो साझेदारीलाई अझ सुदृढ गर्दै नेपालमा खेलकुद संस्कृतिलाई प्रोत्साहन गर्न र विश्वस्तरीय स्पोर्ट्सवेयरउपलब्ध गराउन प्रतिबद्ध छौँ । हाम्रा ग्राहकहरू, साझेदारहरू र खेलप्रेमीहरूको निरन्तर समर्थनले हामीलाई यो उचाइमा पुर्याएको छ । हामी आगामी दिनहरूमा पनि उत्कृष्टताको यो यात्रालाई निरन्तरता दिनेनै छौँ ।’’
नेपालमा केल्मीको बजारलाई अझ विस्तार गर्न, नयाँ र नवीन उत्पादनहरू ल्याउन तथा नेपाली खेलकुद क्षेत्रलाई थप सशक्त बनाउन योजना बनाइरहेको पनि न्यौपानेले बताउनुभयो ।