रौतहटको मुख्य भन्सार नाका गौरमा राजस्व असुलीमा कमि आएको छ । खुला सिमानाका कारण तस्करी फस्टाएकै कारण राजस्व असुलीमा कमि आएको गौर भन्सार कार्यालयका नायब सुब्बा एवम् सूचना अधिकारि दिनेश कुमार घिमिरेले बताउनुभयो ।
सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनाको आरम्भसँगै शक्तिपीठ तथा मन्दिरमा सर्वसाधारणले बत्ती बाल्ने, पूजाआजा गर्ने र रातभर जाग्राम बस्न थालेका छन् ।
दसैँको फूलपातीमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बलिदान’ को ६० फिट अग्लो र १६ फिट चौडाइको पोस्टर काठमाडौँस्थित बिहीबार काठमाडौँको गोङ्गबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले एक वर्षमा एक करोड ४१ लाख ५३ हजार पाँच सय रुपिँया राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा सङ्कलित उक्त राजस्व अहिलेसम्मकै धेरै हो ।
कर्णाली प्रदेशको पाँच जिल्लाका स्थानीयले धुपीको राँको बालेर साउने सङ्क्रान्ति पर्व मनाएका छन् ।
गुल्मीमा हालसम्म ७८.४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालका अनुसार यस जिल्लामा सात हजार ४३९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्दछ ।
कञ्चनपुरका अधिकांश क्षेत्रमा रोपेको धान सुक्न थालेको छ । वर्षा नहुँदा रोपेको धान सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देवकुमार ढकालले पदभार ग्रहण गर्नुभएको छ । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ५४ पैसा र बिक्रीदर १३८ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ ।
वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएको नयाँ रेकर्ड बनेको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को अनुपातमा गत आव २०८१/८२ मा निर्यातमा वृद्धि भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकार गठन भएको एक वर्षमा १०५ वटा पक्की पुल निर्माण तथा १० वटा बेलिब्रिज जडान भएको जनाएको छ । यसै गरी एक वर्षको अवधिमा ९३२ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय सल्लाहकारमा १३ जना पत्रकार तथा व्यक्तित्वहरु मनोनयन हुनुभएको छ । फोनिज संघीय सचिवालयको शुक्रबार बसेको बैठकले उहाँहरुलाई मनोनयन गरेको हो ।
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनु भएको छ ।