काठमाडौं महानगरपपालिकाकी उपप्रमुख सुनिता डंगोलको विश्वास गर्ने, सपना देख्ने र आशावादी मान्छे मात्र सफल हुने बताउनुभएको छ । नेपाल र चीनबिच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठको अवसरमा ‘फिनिक्स इन्स्पिरेशन’ ले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन २०२५’ मा सम्मानित भएपछि संक्षिप्त मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो ।
चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार, चीनमा उपभोक्ता सामग्रीको खुद्रा बिक्री पछिल्ला चार वर्षमा वार्षिक औसत ५.५ प्रतिशतले वृद्धि भएको छ ।
मधेस प्रदेशका ८ जिल्लाहरूमा सुख्खाका कारण धान रोपाइँ हुन नसके पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेस प्रदेशका ८ वटै जिल्लामा टोली पठाउने भएको छ । हालको अवस्था , समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्ययन गर्न कृषि प्राविधिकको टोली पठाउने निर्णय भएको हो ।
नेकपा (एमाले)को पोलिटब्यूरो बैठक शनिबार बस्नेगरी स्थगित भएको छ। बैठक शनिबार बिहान ११ बजे बस्नेछ।
जुम्लाका स्याउ किसानहरूले शिखर इन्स्योरेन्स कम्पनीको कार्यालय जुम्लामा तालाबन्दी गरेका छन् । बिमा रकम भुक्तानीको माग गर्दै किसानहरूले तालाबन्दी गरेका हुन् ।
जिल्लाको सिमकोट गाउँपालिका– १ को दोजाम स्थित बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। १५ जना सवार रहेको सो ट्याक्टर शुक्रबार अपरान्ह दुर्घटना भएको हो।
नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ ।
एक अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले युद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा सोलोमन टापुहरूको गहिरो समुद्री सतहमा दोस्रो विश्वयुद्धको जापानी विध्वंसक पोत फेला पारेको छ ।
नेपाल सरकार र कोरियाली सरकारबीच बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) कार्यान्वयनका लागि सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
आणविक वार्तामा प्रगति नभए आगामी महिनाहरूमा संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः सक्रिय गर्ने धम्की दिएपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्ना युरोपेली समकक्षीहरूलाई शुक्रबार इयूसँग प्रतिबन्ध लगाउने कुनै आधार नरहेको बताउनुभएको छ ।
रुसको अर्थतन्त्रमा युरोपेली सङ्घ (इयू) को नयाँ प्रतिबन्धको प्रभावलाई मस्कोले शुक्रबार चुनौती दिएको छ ।
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जमा गत आर्थिक बर्ष २०८१–८२ मा १५ हजार ८९३ पिन्ट रगत विभिन्न दाताहरुबाट सङ्कलन भएको थियो ।
जापान र युरोपेली सङ्घ (इयू) बिच अर्को साता शिखर वार्ता हुने भएको छ । सम्मेलनमा युरोपेली सङ्घ (इयू)का प्रमुख उर्सुला भोन डेर लेयेन सहभागी हुने अपेक्षा गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजा पट्टीको चर्चमा भएको इजरायली बम विष्फोटको कडा निन्दा गर्दै यसलाई सर्वसाधारणको नसंहारको रूपमा वर्णन गर्नुभएको छ ।
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले काठमाडौँ चक्रपथको दोस्रो खण्ड विस्तारको क्रममा आवश्यक स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।