यातायात व्यवस्था कार्यालय नवलपुरले गत आर्थिक वर्ष २०८१–८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपियाँ राजस्व संकलन गरेको जनाएको छ ।
सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रतिशचन्द्रलाल समुनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई समितिको अन्तिम प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ।
पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीले शुक्रबार बताएका छन् ।
बाजुराको किम्नी गाउँ पुस्तौँदेखि अहिलेसम्म सडक सञ्जालबाट वञ्चित हुँदै आएको छ । त्रिवेणी नगरपालिका वडा नं –५ मा रहेको यो किम्नी गाउँमा दुइ सय ७५ घरपरिवारको बसोबास रहेको छ । यो गाउँमा अहिले झन्डै एक हजार छ सय जनसङ्ख्या छ ।
एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा. भीष्म अधिकारीका अनुसार प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको छ।
असार महिना सकिए पनि म्याग्दी जिल्लामा भने ७५ प्रतिशत मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
घरेलु हतियार खुकुरीसहित आएका तीन जनाको समूहले राति करिब २ बजेतिर सरिता पौडेलको घरमा पसेर पाँच तोला सुन लुटेर फरार भएका प्रहरीले जनाएको छ।
नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको मनाङको तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरिएको छ ।
असार महिना सकिँदासम्म लमजुङमा ७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जेठ अन्तिमदेखि धान रोपाइँ भएपनि यसवर्ष पर्याप्त वर्षा नहुँदा धान रोपाइँमा ढिलाइ भएको हो ।
बमको धम्कीको सूचनापछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल, सोभरिन स्कुल, मोडर्न इन्टरनेसनल स्कुल र हेरिटेज स्कुलमा अग्नि नियन्त्रक र प्रहरी कर्मचारीहरू तैनाथ गरिएको जनाइएको छ ।
एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले प्रशिक्षकको रुपमा कुमार राईलाई अनुबन्ध गरेको छ।
घाँस काट्ने हसियाले श्रीमतीको हत्या गरी भागेका श्रीमान् पक्राउ परेका छन् ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले ऊर्जा दक्षता उपायहरू अपनाउने १० उद्योगलाई आर्थिक अनुदान वितरण गरेको छ ।
तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ ।