गाउँमा चाडबाडसँगै बर्खेबाली लगाउन सबै व्यस्त देखिन्छन् । धानबालीदेखि कोदो रोप्न स्थानीय खेतबारीमा जम्मा हुँदा चहलपहल बढेको छ । विशेष गरी असारमा जिल्लाका किसानलाई चटारो हुने गरेको कुनै नौलो कुरा होइन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मान बिना समृद्धि नहुने बताउनुभएको छ ।
सल्यानका नौ स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ मा ७० प्रतिशतभन्दा बढी पुँजीगत खर्च गरेका छन् । विगतमा पुँजीगत खर्च अर्थात् विकास खर्च कम हुने गरेको भनेर आलोचना खेप्दै आएका जिल्लाका स्थानीय तहले चालु आव २०८१/८२ मा भने सुधार गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आफूहरू सङ्घीय संरचना अनुसार समायोजनमा परे पनि सेवा, सुविधा र सरुवामा विभेद भएको गुनासो गरेका छन् ।
नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ तुलनामा आर्थिक वर्ष २०८१/०८२ झण्डै दोब्बरले राजस्व सङ्कलन गरेको हो ।
कमैया मुक्तिको दुई दशक नाघे पनि नेपालमा अझै दुई हजारभन्दा बढी मुक्त कमैया पुनस्र्थापनाको पर्खाइमा छन् ।
दैलेखको नारायण पालिकाले करारका कर्मचारी हटाउन लागेको छ । नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी नारायण नगरपालिकाले करारका कर्मचारी हटाउन लागेको हो ।
बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुुलुक निर्यात गरेको हो ।
कैलालीको गौरीगंगामा नदीमा डुबेर सहोदर दाजुभाईको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी परीक्षामा सहभागी हुन पाउने भएका छन् ।
कर्णालीको विशेष मौलिक पर्वका रूपमा लिने गरिन्छ साउने सङ्क्रान्ति, जुन दिन राँको बालेर लुतो फाल्ने गरिन्छ । मानव शरीर तथा समाजमा भएका सबैखाले विकृत चिजको विसर्जन गर्ने विम्बका रूपमा लुतो फाल्ने परम्परा मुलतः माथिल्लो कर्णालीका जिल्लाहरूमा विद्यमान छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो ।
खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले भर्खरै सकिएको आर्थिक वर्षको वित्तीय प्रगति आज सार्वजनिक गरेको छ । विभागले चालु आवमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । विगतका वर्षको तुलनामा विभागले यसपटक उल्लेखनीय सुधार गरेको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ ।
रुपन्देहीमा आर्थिक वर्ष २०८१/०८२ मा ६ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । समयमै काम गर्न नसक्दा जिल्लामा अख्तियारी पाएको मध्येबाट ६ अर्ब ७१ करोड ७९ लाख ८१ हजार रुपियाँ खर्च नभएर फ्रिज भएको हो ।