• २ साउन २०८२, शुक्रबार

भिरबाट लडेर एक युवाको मृत्यु

blog

राजु लामिछाने
रुकुमपश्चिम, साउन २ गते ।
रुकुमपश्चिमको बाँफिकोटमा एक युवाको भिरबाट लडेर मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका १ माथिगाउँ निवासी ३३ वर्षीय अजय मल्लको गएराति भिरबाट लडेर मृत्यु भएको हो ।

बाँफिकोट गाउँपालिका–२ का वडा अध्यक्ष प्रकाश खत्रीका अनुसार बाँफिकोट गाउँपालिका–२ स्थित राम्चेडाँडामा रहेको भिरबाट खसेर मल्लको मृत्यु भएको हो ।

गाउँको पल्लोपट्टि चिसापानी भन्ने ठाउँमा लागेको मेलाबाट फर्किंदै गर्दा मल्ल भिरबाट लडेको उहाँले जनाउनुभयो । भिरबाट खसेर गम्भीर घाइते अवस्थामा रहेका मल्ललाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।