• २ साउन २०८२, शुक्रबार

आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस

blog

काठमाडौँ, साउन  २ गते ।  आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस हो । स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले गर्नुभएको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । 

मानवताको सेवामा गर्नुभएको समर्पण, द्वन्द्व समाधान, मानवअधिकारको रक्षा, मेलमिलाप, लैङ्गिक समानता र बालबालिकाका साथै अन्य कमजोर समूहको अधिकारको रक्षाका निम्ति अश्वेत नेता मन्डेलाले जीवनभर सङ्घर्ष गर्नुभएको थियो । 

यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जारी गर्नुभएको सन्देशमा नेल्सन मन्डेलाको असाधारण जीवनले कसरी उत्पीडन, सङ्घर्ष र अधीनतालाई मेलमिलाप, सामाजिक न्याय र एकतामा रुपान्तरण गर्न सक्छ भन्ने देखाएको बताउनुभएको छ । 

नेता मन्डेलाको स्वतन्त्रता, न्याय र समानताप्रतिको प्रतिबद्धताबाट प्रेरित भएर काम गर्न विश्ववासीलाई महासचिव गुटरेसले आह्वान गर्नुभएको छ । रासस