• २ साउन २०८२, शुक्रबार

पाँचथरमा सवारी दुर्घटना हुँदा तीनजना घाइते

blog

पाँचथरको फिदिम–१३ मा दुर्घटनामा परेको पिकअप। तस्बिरः गोरखापत्र

राधा लुइटेल

फिदिम, साउन १ गते। पाँचथरको फिदिम १३ लुङरुपास्थित टिम्बुरे भन्ने स्थानमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

झापाको विर्तामोडदेखि पाँचथरको लुङरुपाका लागि डिजेल, दाना र ब्राण्ड लगायतका सामग्री लिएर आउँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप बिहीबार मध्यान्ह दुर्घटनामा परेको हो।

दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा फिदिम १३ निवासी ३३ वर्षीय चालक भवानी खतिवडा, सोही स्थानका ३२ वर्षीय सवारी धनीराम सुवेदी र पिकअपका सहचालक आयुष राई घाइते हुनुभएको छ।

घाइतेलाई पाँचथर अस्पतालमा प्राथमिक उपचार पश्चात झापातर्फ रेफर गरिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहे पनि दुर्घटना सम्बन्धी अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।