सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्ज बाँकेको आयोजनामा आयोजित कार्यक्रममा उपन्यासकार विष्णुमान श्रेष्ठको उपन्यास “करिस्मा” को विमोचन गरिएको छ ।
शुक्लाफाँटा नगरपालिका-६, करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीन वटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न खण्डमा तटबन्ध निर्माण तीव्र रूपमा भइरहेको छ ।
गुर्जालाई चिनाउने एउटा उखान निकै चर्चित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ सम्म परेको भुगोल, परम्परागत शैलीमा बनेका सुन्दर घरहरु मिलेर बनेको बस्ती र गाउँले जीवन शैली ।
नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका आज बिहानदेखि सञ्चालनमा आएको हो ।
यहाँको फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरुद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको छ । उत्पादित सामग्री बजारीकरणमा नगरपालिकाले सहजीकरण सुरु गरेको हो ।
धनकुटा नगरपालिका ३ का किसान खेमप्रसाद भण्डारीको बगानमा सुन्तला पाकेर लटरम्मै देखिएको छ ।
सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्यालयमै राष्ट्रिय परिचयपत्रको फाराम निःशुल्क भर्ने व्यवस्था सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार सेवा सुधारको प्राथमिकतामा राष्ट्रिय परिचय पत्रको फारम निःशुल्क भर्न सुरु गरिएको जानकारी दिनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कोशी प्रदेशमा सुरक्षा चुनौतीहरूबारे समीक्षा भएको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउने विषयलाई केन्द्रमा राखेर सुरक्षा निकायबिच साझा बुझाइ र रणनीति तय गर्ने प्रयास गरेको हो ।
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटमा १४ हजार ९१८ नयाँ मतदाता थपिएका छन् ।
७३ मेगावट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको उत्पादन करिब तीन साता अघिदेखि ठप्प भएको छ । ताप्लेजुङमा उत्पादन सुरु गरेका मध्ये सबैभन्दा धेरै क्षमताको जलविद्युत सानिमाको गत मङ्सिर अन्तिम सातादेखि उत्पादन ठप्प भएको हो ।
पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।
निर्माण कम्पनीको लापरबाही र बेवास्ताका कारण बाँके जिल्लाको जानकी गाउँपालिका–५ मा निर्माणाधीन सुत्केरी भवन अलपत्र अवस्थामा छ । करिब एक करोड २५ लाख रुपियाँ लागतमा सुरु गरिएको सो भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको हो ।
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते हुनुभएको छ । घाइते हुनेमा जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाटास्थित शुक्रराज टोलका ४० वर्षीय छक्कु डगौरा हुनुहुन्छन् ।
मनास्लु पदमार्गअन्तर्गत मनाङ जिल्लाको तिल्चे–सुतिखोला खण्डमा मोटरबाटो निर्माण भएपछि पर्यटकीय पदमार्ग प्रभावित बनेको विषयमा सम्बन्धित सरोकारवालाबिच छलफल गरिएको छ ।