अमेरिका र इरानबिच शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुने भएको छ । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले पश्चिम एसियामा युद्धविरामको घोषणापछि पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताउनुभएको छ ।
अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
कालीकोटको खाँडाचक्र नगरपालिका-२ सुनार खोला नजिकै एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन्।
आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म देशव्यापी रुपमा गरिने दोस्रो आर्थिक गणनालाई लक्षित गरी नेपालगन्जमा सचेतना गोष्ठी सम्पन्न भएको छ ।
निर्माण व्यवसायी संघ सप्तरीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रणको माग राखी नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग लागेका कारण आँप उत्पादनमा ह्रास आउने अनुमान गरेको छ।
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा २ को सुनारखोलामा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छन्।
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ ।
बाँकेको डुडुवा गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको भीडभन्दा गुणस्तरीय र प्रतिबद्ध कार्यकर्तामा जोड दिने बताउनुभएको छ ।
जिल्लाको सामाजिक विकास कार्यालयद्वारा कार्यालयको एउटा कोठाबाट सेवा प्रदान गर्न थालिएको छ ।
दशौं स्वास्थ्य बीमा दिवसका अवसरमा यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता अभिवृद्धि र सेवाको पहुँच विस्तारमा जोड दिइएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिकसत्र २०८३ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री गरिरहेको छ ।
दाङको घोराहीमा प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ ।