बाजुरामा चिस्यान केन्द्र सञ्चालनमा आउँदा किसानलाई फलफुल तथा तरकारी बस्तु स्टोर गर्न सहज भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिकसत्रबाट चिकित्सा शिक्षाको पठनपाठन सञ्चालन गरिने बताउनुभएको छ ।
गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले राष्ट्रको धरोहर गोरखापत्र संस्थानले डिजिटल अर्काइभिङको कार्यलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वैशाख २ गतेदेखि देशभर करिब पाँच हजार कर्मचारी परिचालन गरी ‘राष्ट्रिय आर्थिक गणना’ सुरु गर्ने भएको छ ।
पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागिरकलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको छ।
सुदूरपश्चिम विश्व विद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरस्थित रामारोशन हलमा आज नेपालको उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहरको निर्माण कार्य हाल आएर तीव्र गतिमा अघि बढाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध ‘शून्य सहनशीलता’ को नीति अङ्गीकार गरेको छ ।
बैङ्किङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।
बङ्गलादेशका अन्तरिम क्रिकेट प्रमुख तमिम इकबालले बोर्ड बर्खास्त भएपछि देशको क्रिकेट प्रतिष्ठा सुधार गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले यसलाई आफ्नो पहिलो र सबैभन्दा महत्त्वपूर्ण कर्तव्यको रूपमा लिनुभएको छ ।
कोशी प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ ।
भारतको केन्द्रीय बैँकले मध्यपूर्वमा भइरहेको युद्धको संभावित प्रभाव मूल्याङ्कन गर्दै बुधबार ब्याज दर स्थिर राख्ने निर्णय गरेको छ । भारतीय रिजर्भ बैंक (आरबिआई) का गभर्नर सञ्जय मल्होत्राले ५.२५ प्रतिशतको बेन्चमार्क पुनः खरिद दर अपरिवर्तित रहने जानकारी दिनुभयो ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताउनुभएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको बताउनुभएको छ ।