समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
म्याग्दीको बेनीमा परम्परागत रुपमा लाग्ने माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा मौलिक कला, संस्कृति र स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुल्ला मञ्चमा ११ औं माघेसङ्क्रान्ति मेलाको आयोजना गर्न लागिएको हो ।
तराई मधेशका जिल्लामा विगत केही दिनदेखि परेको शीतलहरको प्रभाव मकवानपुर जिल्लामा समेत परेको छ । गत दुई दिनदेखि शीतलहरसँगै चिसो अधिक बढेपछि हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाले दुई दिनका लागि विद्यालयको पठनपाठन बिदा गर्ने निर्णय गरेको छ ।
नेपाल भाषाको हिट चलचित्र ‘तिबः दी सपोर्ट’ नयाँ वर्ष सन् २०२६ को पहिलो दिन युट्युबमा रिलिज हुने भएको छ । चलचित्रको निर्मातामध्ये एक समिता रञ्जि
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
ताप्लेजुङमा यसवर्ष अलैँचीको खेती क्षेत्र बढेको छ भने उत्पादन घटेको छ । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको खेती विस्तार हुँदा यसवर्ष उत्पादन भने घटेको हो ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
कथाकार सुलोचनाको ‘एक जोर आँखा’ सार्वजनिक भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा पारिवारिक र प्रेम सम्बन्धका रिल र टिकटक बनाएर चर्चामा रहनुभएकी सुलोचनाको कथासङ्ग्रह ए
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप भएको छ । सातामा दुई दिनमात्र उडान भइरहेको सुकेटार एयरपोर्टमा पुनः एक दिन तालिका थप भएको हो ।
जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान ९ बजे बारेकोट–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न गएकामा प्रचण्ड देवको मृत्यु भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
तनहुँमा आगामी फागुन २१ गते हुने सङ्घीय निर्वाचनका लागि कुल दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार यसमा एक लाख ३० हजार ९०६ पुरुष र एक लाख २३ हजार ४९२ महिला मतदाता रहेका छन् ।
विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
धनुषा प्रहरीले वालेट खातमार्फत अनलाइन ठगी गर्ने ६ जना गिरोहलाई पक्राउ गरेको छ । धनुषा जिल्ला प्रहरी कार्यालयद्वारा बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा डिजिटल वाटेलमार्फत क्यूआर कोड दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गर्दै आएको एक गिरोहलाई पक्राउ गरेको जनाएको हो ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।
बझाङ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने विषय लामो समयदेखि अन्योलमै रहेको छ । झोता र देउरामध्ये कुन स्थानमा कार्यालय राख्ने भन्ने विषयमा सहमति नजुट्दा जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना हुन सकेको छैन ।