शेरबहादुर सार्की
बाजुरा, चैत २५ गते । बाजुरामा चिस्यान केन्द्र सञ्चालनमा आउँदा किसानलाई फलफुल तथा तरकारी बस्तु स्टोर गर्न सहज भएको छ ।
जिल्लाको बुढीनन्दा नगरपाकिाले कृषि उपज सङ्कलन केन्द्र सँगै चिस्यान केन्द्र सञ्चालनमा ल्याएपछि अहिले यहाँका किसानलाई फलफुल तथा तरकारी स्टोर गर्न निकै सहज भएको हो।
बुढीनगरपालिका र जिआइजेडको ६८ लाख ९१ हजार ८८० रुपियाँ ५४ पैसाको लागतमा कृषि उपज सङ्कलन केन्द्र सँगै शीत भण्डार सञ्चालनमा ल्याएको छ । यो शीत भण्डारले यहाँका कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफुललाई स्टोरका लागि निकै सहज भएको बुढीनन्दा नगरपालिकाले जनाएको छ ।
बुढीनन्दा नगरपालिका ३ सिराडीका कृषक रणबहादुर बोहराले, “कृषि उपज केन्द्र नहुँदा यो भन्दा पहिला यहाँका कृषकले उत्पादन गरिएका स्याउँ, कागती, सुन्तला तथा आलु, काउँली, बन्दा लगायतका फलफुल तथा तरकारी बस्तु स्टोर गर्न समस्या हुने गरेको बताउनुभयो ।
उहाँले भन्नभुयो, “ यहाँ भदौको १५ देखि असोज सम्म स्याउ पाक्ने गर्छ । त्यति बेला यहाँको मार्तडी कोल्टी सडक प्राय सबै अवरुद्ध हुने गर्छ । यसरी सडक अवरुद्ध भएपछि त्यति बेला यहाँका स्याउ किसानले त्यो स्याउ बिक्रीका लागि बजारमा लान नसकेर बारीमै सड्ने गरेका गर्थे ।”
त्यसै अन्य किसानले पनि यहाँ उत्पादन गरेका तरकारी स्टोर गर्न नपाउँदा त्यसै खेर जाने गरेको थियो । अहिले कोल्टीमा कृषि उपज केन्द्र सँगै शीत भण्डार सञ्चालनमा ल्याएपछि निकै सहज भएको बोहराले बताउनुभयो ।
कोल्ड स्टोर नहुँदा यहाँका किसानलाई निकै समस्या हुने गरेको थियो । उनीहरुले उत्पादन गरेका बस्तुलाई लामो समय स्टोर गर्न निकै गाह्रो थियो। यहाँ एकै पटक धेरै फलफुल तथा तरकारी उत्पादन हुने गर्छ । त्यसले एकै पटक बजार पाउँदैन ।
आर्थिक उपार्जन गर्न तरकारी खेती गर्नु त्यसैले समयमै बजार नपाएर खेर जाने गरेकोले यहाँका किसानले वर्षेनी घाटा मात्र ब्यहोर्नु पथ्र्यो ।
पालिकाले यती बेला यहाँका स्थानीयको त्यहि समस्यालाई मध्यनजर गर्दै जिआईजेड सँग समन्वय गरेर कोल्टीमा कृष उपज सङ्कलन तथा शीतभणडर केन्द्र सञ्चालनमा ल्याएको हो ।
यतीबेला कोल्टीमा सञ्चालन भएको यो कृषि उपज सङ्कलन केन्द्र सँगै शीत भण्डारले यहाँका किसानको त्यो समस्या हल भएको छ ।
बुढीनन्दा नगरपालिका नगरप्रमुख जनक बोहराले, “ कोल्टीमा सञ्चालन भएको यो कृषि उपज सङ्कलन केन्द्र तथा शीत भण्डारले यहाँका कृषकले उत्पादन गरेका फलफुल तथा तरकारी बस्तु स्टोर गर्न निकै सजह भएको बताउनुभयो ।
उहाँले भन्नभुयो, “ यहाँका किसानले एकै पटक धेरै तरकारी तथा फलफुल उत्पादन गर्ने गर्छन । त्यो तरकारी एक पटक बिक्री हुँदैन । केही समय राखौ भने कोल्ट स्टोर थिएन । अहिले उनीहरुको त्यो समस्या हल हुने गरी कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सँगै शीत भण्डार सञ्चालन हो । ”
यो ठाउँ स्याउ उत्पादनका लागि निकै प्रख्यात हो । यहाँ गोल्डेन स्थानीय फुजी लगायतको विभिन्न जातको स्याउँ उत्पादन हुन्छ । त्यो स्याउलाई समेत स्टोर गर्न सहज हुने गरी यती बेला कोल्टीमा सञ्चालन भएको यो कृषि उपज सङ्कलन केन्द्रसँगै शीत भण्डार सञ्चालनमा ल्याएको बोहराले बताउनुभयो ।