राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ को चुनावमा दुई तिहाइ सिट प्राप्त गरेपछि चैत १३ गते पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भयो । महिलाको ३३ प्रतिशत प्रतिनिधित्व हुनु, मधेशी, जनजातिले महत्वपूर्ण भूमिका प्राप्त गर्नु, अझ अति सीमान्तकृत दलित जातिबाट महिलालाई समावेश गरिनुले संविधानको समावेशी मर्म र भावनालाई यो सरकार गठन हुँदा पूर्ण रूपमा सम्बोधन भएको देखिन्छ । सरकार जेनजी आन्दोलनको पृष्ठभूमिमा मात्र निर्माण नभई लोकतन्त्रको पहरेदारसमेत रहेको स्पष्ट सङ्केत देखा पनि परेको छ । अर्को कुरा नेपाली राजनीतिमा सत्ता प्राप्तिलाई नाफाघाटा वा उमङ्ग र उत्सव
१०० वर्ष अघिको गोर्खापत्र
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत आठौं बैठकमा संघीय र प्रदेश सरकार संग सरोकार राख्ने बिषयमा प्रदेश सभा सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् ।
अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमूलक इतिहासका दुई पुस्तक सार्वजनिक भएका छन् । घर्तीका ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ पुस्तकको दोस्रो संस्करण हालै बजारमा आएका छन् ।
नयाँ वर्ष २०८३ साललाई लक्षित गर्दै दुई चलचित्र ‘पहाड’ र ‘राम नाम सत्य’ प्रदर्शन हुने भएका छन् । आगामी चैत २७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘राम नाम सत्य’ मा द्वन्द्वसँगै सामाजिक कथावस्तु रहेको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ८४ पैसा र बिक्रीदर १४८ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
चलचित्र ‘लालीबजार’ को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ । चलचित्र तयार भएसँगै निर्माण कम्पनी षट्कोण आर्ट्सले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा गरेको छ । चलचित्रमा समावेश गीत ‘मायालाई के दिऊँ म बैना’ लोकप्रिय भएसँगै विदेश अधिकार खरिदका लागि प्रस्ताव आइरहे पनि निर्माण पक्षले प्राविधिक रूपमा तयार भएपछि चलचित्रको प्रदर्शन अधिकार बिक्री गर्न लागेको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ८, सभागृहचोकमा बुधबार साँझ एक महिलाको हत्या भएको छ । साँझ ७ः०८ बजे एक युवकले ती महिलाको टाउकोको पछाडिबाट धारिलो हतियार प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जटिल अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउनु आफूहरूको पहिलो प्राथमिकता रहेको र त्यसमा आफू नेतृत्वको महासङ्घको कार्यसमिति सफल रहेको बताउनुभएको छ ।
हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको बैठकलाई सम्बोधन गर्नुहुने छ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ३ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ ।
सरकारले संविधान संशोधनका सन्दर्भमा राजनीतिक दलसँगको विमर्श आरम्भ गरेको छ । सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ ले संविधान कार्यान्वयनको समीक्षा र संशोधनका अन्तरवस्तुका बारेमा छलफल प्रारम्भ गरेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा विश्वास राख्ने औँल्याउँदै अन्तर्राष्ट्रिय सहयोग र सद्भावको आशा सरकारले राखेको विश्वका कूटनीतिज्ञमाझ प्रस्ट पार्नुभएको छ । सो क्रममा उहाँले विश्वशान्तिको पक्षधर नेपाल रहेकाले सबैको साझा प्रयास शान्ति स्थापनामा हुनुपर्ने बताउनुभयो ।
प्रतिनिधि सभाको उपसभामुख चयन चैत २७ गते शुक्रबार हुने भएको छ । उपसभामुख चयन प्रक्रियाको कार्यतालिका सङ्घीय संसद् सचिवालयले बुधबार नै प्रकाशन गरेको छ । प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रकाशित गर्नुभएको कार्यतालिका अनुसार उपसभामुख पदको मनोनयन चैत २६ गते हुने छ । एक मात्र मनोनयन दर्ता भएमा उपसभामुख चयन प्रक्रिया निर्विरोध हुने छ । एकभन्दा बढी उम्मेदवारी परेमा निर्वाचन प्रक्रियाबाट उपसभामुख चयनको प्रक्रिया पूरा हुने छ ।
सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । इरान–अमेरिकालगायत पश्चिम एसियाको द्वन्द्वका कारण पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्यवृद्धि हुँदा भाडा समायोजनमा यातायात व्यवसायीको निरन्तर दबाबपछि सरकारले बुधबारबाटै लागु हुने गरी वृद्धि गरेको हो ।