नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताउनुभएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहलाई उच्च प्राथमिकता दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
टिमुर उत्पादनका लागि परिचित जिल्ला सल्यानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित कपुरकोटमा खुल्ला “टिमुर कप” ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ ।
यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको छ ।
बाजुराको मार्तडी कोल्टी सडक निर्माणको काम कछुवा गतिमा भएको छ । सदरमुकाम मार्तडी–कोल्टीमा सम्मको झण्डै ४२ किलोमिटर यो सडक अझै कालोपत्रे हुन सकेको छैन।
आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसानको गहुँबाली भिजाउँदा किसान चिन्तित बनेका छन् । खेतमा पाकेर तयार भएको गहुँ काट्ने र भित्र्याउने समयमा वर्षा हुँदा किसान मर्कामा परेका छन्।
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराम सापकोटाले सल्यानमा ठेक्काबिना गिट्टी–बालुवा उत्खनन गर्न नदिने स्पष्ट पार्नुभएको छ।
नेपालकै पहिलो प्रदेशस्तरीय विश्वविद्यालय गण्डकी विश्वविद्यालय पहिलो दीक्षान्त समारोहको तयारीमा जुटेको छ । गण्डकी प्रदेश सरकारद्वारा स्थापित विश्वविद्यालयले यही चैत २८ गते पोखरा –३२, मालमुलको विश्वविद्यालयकै प्राङ्गणमा दीक्षान्त तय गरेको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउलीबिच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिकामा बुधबार युवाले तालाबन्दी गरेका छन् । सडक र नाला निर्माणको माग गर्दै हरिपूर्वा नगरपालिका –३, धनकौल पूर्वारी गाउँका युवाले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
राष्ट्रपति श्री रामचन्द्र पौडेलले आगामी चैत २७ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आह्वान गर्नुभएको छ ।
तनहुँको व्यास नगरपालिकाले विपन्न र दीर्घरोगी नागरिकको उपचारका लागि ३९ लाख २८ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
बाङेचौर खेलमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फूटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजङ्ग गण घोडाबाँधेले लज्जास्पद हार व्यहोरेको छ ।
पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण बुधबार देशका विभिन्न भागमा वर्षा भएको छ ।