• २५ चैत २०८२, बुधबार

कछुवा गतिमा मार्तडी-कोल्टी सडक कालोपत्रे

blog

निर्माणको काम अलपत्र परेको मार्तडी कोल्टी सडक । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, चैत २५ गते । बाजुराको मार्तडी कोल्टी सडक निर्माणको काम कछुवा गतिमा भएको छ । सदरमुकाम मार्तडी–कोल्टीमा सम्मको झण्डै ४२ किलोमिटर यो सडक अझै कालोपत्रे हुन सकेको छैन। 

सो सडक कालोपत्रे नहुँदा यहाँ धनगढी, अत्तरिया, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडांै लगायतका विभिन्न ठाउँमा मार्तडी देखि कोल्टी आउने लामो दुरीका सवारी साधानलाई निकै जोखिमको अवस्था भएको छ । 

ठेकेदार कम्पनीले कालोपत्रेका जिम्मा लिएको झण्डै सात वर्ष हुँदासम्म पनि जिल्लाको मार्तडी कोल्टी सडक अझै कालोपत्रे नभएको स्थानीय बताउँछन् । 

सुदूरपश्चिम यातायातका बस चालक मदन कार्कीले सडक कालोपेत्र नहुँदा यहाँ चल्ने गरेका सवारी साधनलाई जोखिम पूर्ण यात्रा गर्नु परेको बताउनुभयो । उहाँले भन्नभुयो, “मार्तडी–कोल्टी सडकमा अहिले यहाँ सवारी साधानलाई चलाउन निकै सकस हुने गरेको छ । यहाँका स्थानीयको आवश्यत्ता लागि हामी जबरजस्ती गाडी कोल्टी लिने गरेका छौं । ”

सडक सञ्चालनमा आएपनि यहाँ रहेका खाल्डा खुल्डीका कारण यतीबेला लामो दुरीका सवारी साधानलाई निकै जोमिम बढ्दै गएको कार्कीले बताउनुभयो ।

२०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका थिए ।

मार्तडी बसपार्कदेखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका हुन् ।

यता मार्तडी देखि चुथी सम्मको ९ किलोमिटर सडक पीच गर्ने काम सम्पन्न भएपनि उता ढम्कने देखि कोल्टी सम्मको ३१ किलोमिटर सडक भने अँझै पीच भएको छैन । 

ठेकदारको लापरबाहीले सो सडक निर्माणको काममा निकै ढिलाइ भएपछि अहिले मार्तडी देखि कोल्टी सम्म जाने यात्रुलाई हिउँद बर्खाको समय सधै सास्ती खेप्नु परेको छ ।

मार्तडीदेखि कोल्टीसम्मको ४२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी भने लिइसकेका छन् ।

कात्तिकदेखि कोल्टीमा बस सञ्चालन भएको दुइ महिनामै सुदूरपश्चिम र महाकाली गरी दुइ वटा बस दुर्घटनामा परिसकेका छन् । घटनामा एक जनाको ज्यान गुमाउनु परेको थियो । भने दर्जनौ यात्रु घाइते भएका थिए । 

आफूले अरुलाई जिम्मा दिएको र उहाँहरुले काम नगरेकोले मार्तडी कोल्टी सडक निर्माणको काममा ढिलाई भएको ठेकेदार कम्पनीले जनाएको छ।

ठेकेदार कम्पनीलाई फोन गर्दा उहाँले म यो वर्षमा मार्तडी कोल्टी सडक निर्माणको काम पुरा गर्ने गरी आफु काठमाण्डौ देखि बाजुरा आउन लागेको ठेकेदार कम्पनीका मालिक राजु बाँनीयाले बताउनुभएको छ । 

यती बेला ठेकेदार कम्पनीले आफैले काम गर्ने गरी काम सुरु गरेको छ । उहाँले जिम्मा दिएका ठेकेदारले काम नगर्दा पहिला हामीलाई यो सडक मर्मत गर्नु पर्ने समस्या हुन्थ्यो । अहिले त्यसमा उहाँले आफैले काम गर्ने भएकोले हामीलाई त्यो समस्या नहुने बुढीनन्दा नगरपालिका उपप्रमुख रामबहादुर बोहराले बताउनुभयो । 

हामीले धेरै पटक सो कम्पनीलाई फोन गरेका छौ । अहिले बल्ल ठेकेदार सँग कुरा भएको छ । केही समय पछि उहाँले आफूले जिम्मा लिएको सो काम आफैले पुरा गर्ने गरी काम सुरु गरेको भौतिक पुर्वाधार कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताउनुभयो ।