नेपालगन्जका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. विनोदकुमार थापालाई अग्रज चिकित्सक सम्मानबाट सम्मानित गरिएको छ । दीर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकमको छैठौं बार्षिकोत्सवमा डा. थापालाई अग्रज चिकित्सक सम्मान प्रदान गरिएको हो ।
स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ३०० बढेको छ ।
ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोसी खाँदबारी नगरपालिका–८ का २७ वर्षीय विशाल विश्वकर्मा (बिबेक) लाई संखुवासभामा प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ ।
गुल्मीका दुई स्थानीय तहले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिकाले १५ शय्याका अस्पताल सञ्चालनमा ल्याएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्की विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुहुने भएको छ ।
दाङको घोराहीमा प्रहरीले वडाध्यक्षसहित १३ जनालाई पक्राउ गरेको छ । आइतबार राति घोराही उपमहानगरपालिका–१५, काठेकोहलमा रहेको होटल टिथ्रीमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरी टोलीले घोराही उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष भरतमणी अर्यालसहित नौ जनालाई पक्राउ गरेको हो ।
तनहुँ जलविद्युत आयोजनाको काम तिहार बिदा पनि सञ्चालन भइरहेको छ । आयोजना व्यवस्थापनले निर्धारित समयसीमा भित्र आयोजना पूरा गर्ने लक्ष्यअनुसार पर्वको बिदा मनाउँदै गर्दा पनि काम निरन्तर सञ्चालन भइरहेको जनाएको छ ।
मकालु गाउँपालिका–३ की २९ वर्षीया गर्भवती सीता तामाङलाई स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार बिहान हेलिकोप्टरमार्फत विराटनगरस्थित कोशी अस्पताल लागिएको छ ।
ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् ।
तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा नवलपुरमा एक जनाको मृत्यु भएका छन् भने दुई जना घाइते भएका छन् ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकामा सञ्चालन हुँदै आएको किशोरी प्राथमिकता कार्यक्रमले गाउँ बस्तीमा हुने गरेका सामाजिक कुप्रथालाई न्यूनीकरण गर्दै आएको छ । महिला विकास मञ्च बाजुराले २०७६ सालदेखि यहाँ सात वटै वडामा यो कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उज्यालो पर्वले अन्धकार हटाई समृद्ध नेपाल निर्माण गर्न मद्दत गर्ने बताउनुभएको छ ।
सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना विगत १३ वर्षदेखि विवादका कारण अलपत्र परेको छ । तराईको पर्यटकीय क्षेत्र लुम्बिनीलाई पहाडको अर्को पर्यटकीय क्षेत्र ढोरपाटन सिकार आरक्षणसँग जोड्नका लागि यो सडक महत्वपूर्ण मानिएपछि १३ वर्षको अवधिमा पूरा हुन सकेको छैन । सडकको करिब तीन किलोमिटर ट्र्याक अझै खुल्न सकेको छैन ।
विश्वभरका सांस्कृतिक सम्पदाको संरक्षण र संवर्धन गर्ने विशेषज्ञको टोलीले शनिबार प्राचीन तिलौराकोटको भ्रमण अवलोकन गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको चारदिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागी भएका विज्ञले शनिबार तिलौराकोट क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको हो । इकोमस इन्टरनेसनलद्वारा विश्वभरका सांस्कृतिक सम्पदालाई द्वन्द्व र विपत् जोखिमबाट जोगाउन गर्नुपर्ने तयारीका विषयमा लुम्बिनीमा